+
फिफा विश्वकप :

उज्बेकिस्तानविरुद्ध १० मिनेटभित्र २ गोल गर्दै कंगोको अग्रता

२०८३ असार  १४ गते ७:०३ २०८३ असार १४ गते ७:०३

फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा उज्बेकिस्तानविरुद्ध कंगो डीआरले शानदार कमब्याक गरेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को छनोट खेलमा कंगो डीआरले उज्बेकिस्तानविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ ।
  • खेलको दशौं मिनेटमा उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
  • ६८ औं मिनेटमा योवान विसाले पेनाल्टीमार्फत बराबरी गोल गरेपछि ७८ औं मिनेटमा फिस्टन मायेलेले विजयी गोल गरेका हुन् ।

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा उज्बेकिस्तानविरुद्ध कंगो डीआरले शानदार कमब्याक गरेको छ ।

१० मिनेटभित्र दुई गोल गर्दै कंगोले अग्रता कायम गरेको हो ।

७८ औं मिनेटमा फिस्टन मायेलेले गोल गर्दै कंगोलाई अग्रता दिलाएका छन् ।

यसअघि १० मिनेटमा उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि लामो समय गोल नहुँदा उज्बेकिस्तान १–० गोलअन्तरले अगाडि थियो ।

तर, खेलको ६८ औं मिनेटमा कंगोका योवान विसाले पेनाल्टीमार्फत गोल प्रहार गरेपछि कंगोले बराबरी गरेको थियो ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय