
काठमाडौं । सुन चाँदी खरिद तथा बिक्रीमा अबदेखि डिजिटल प्रणालीमा आधारित भुक्तानी गर्न सकिने भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालवीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएपछि डिजिटल भुक्तानी सम्भव भएको हो ।
आइतबार महासंघका अध्यक्ष माणिक रत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोक कृष्ण श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दुई संस्थाबीच भएकोे सम्झौतापछि सुनचाँदी ब्यवसायीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बिक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणाली मार्फत लिन सक्नेछन् महासंघले जनाएको छ ।
सम्झौता पश्चात अव सुनचाँदीका गरगहनाको खरिद पश्चात अनलाइन बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेशनल कार्डहरु मार्फत रकम भुक्तानी गर्न थप सहज हुने र यसले उपभोक्ता तथा ब्यवसायी दुवैलाई फाइदा पुग्ने महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।
गेटवे पेमेण्ट नेपालका सल्लाहकार श्रेष्ठले प्रविधिले व्यापार ब्यवसाय गर्न थप सहज हुने र यसले व्यवसायीहरुलाई आत्मनिर्भर वनाउन सघाउने बताए ।
प्रतिक्रिया 4