Comments Add Comment

मेलम्ची आयोजना क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गर्न संसदीय समितिको निर्देशन

फाइल तस्वीर

१८ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले बाढीबाट मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षतिको अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार सिंहरदरबारमा बसेको समितिको बैठकले मेलम्ची आयोजनामा भएको क्षतिको अध्ययन गर्न विज्ञ टोली बनाएर त्यसको दीर्घकालीन समाधान निकाल्न सरकारलाई निर्देशन दिएको हो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सञ्चालनका लागि २१ वर्षदेखिको प्रयास र लगानी सुनिश्चित गर्न सिन्धुपाल्चोक क्षेत्रको भौगर्भिक अवस्था अध्ययनका लागि विज्ञसहितको संरचना बनाउन समेत समितिले निर्देशन दिएको छ ।

आयोजनामा भएको क्षतिपछिको पुनर्निर्माणका लागि अन्तरमन्त्रालय समन्वय गर्न र त्यसका लागि आवश्यक बजेटको सुनिश्चितता गर्न समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय र उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसैगरी याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा पयान्तरण गर्नुअघि त्यस क्षेत्रको जियोलोजिकल र हाइड्रोलोजिकल अवस्थामा विस्तृत अध्ययन गरेर रिपोर्टको आधारमा मात्र दोस्रो चरणको काम अघि बढाउन समितिले सुझाव दिएको छ ।

यसैगरी मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो पीडितहरुको उचित व्यवस्थापन, राहत र पुनस्र्थापना गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment