+
+
Shares

दार्चुला घटनामा गृहमन्त्री : छानविन समितिको प्रतिवेदन नै सरकारको अडान

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १९ गते १४:३२
गृहमन्त्री बालकृष्ण खाँण । फाइल फोटो

१९ साउन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनामा छानविन समितिको प्रतिवेदनअनुसार नै सरकारले अडान लिने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा यो घटनाबारे जानकारी गराउने क्रममा उनले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन टोली खटाइसकेको बताए । यो टोलीले घटनास्थलमा पुगेर अध्ययन गर्नुका साथै जयसिंह धामीभन्दा अगाडि तुइन तरेर पारी पुगेकाहरु र पारी रहेकाहरुलाई भेटेर कुराकानी गर्ने बताए ।

गृहमन्त्री खाँणले अघि भने, ‘उहाँहरुलाई नै मूल आधार बनाएर प्रतिवेदन बन्छ । सत्यतथ्य पत्ता लगाएर जे ठहर गर्छ, त्यसमा सरकारले दृढतापूर्वक अडान लिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?