+

पारस खड्का मिस हुनेछन् : प्रशिक्षक वाटमोर

२०७८ साउन  २० गते १०:१९ २०७८ साउन २० गते १०:१९
पारस खड्का मिस हुनेछन् : प्रशिक्षक वाटमोर

२० साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस खड्का क्रिकेटकाे मैदानमा मिस हुने नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले बताएका छन् ।

बिडीक्रिकटाइम डट कमसँगकाे कुराकानीमा वाटमाेरले यसाे भनेका हुन् । ‘पारस दु:ख का साथ मिस हुनेछन् । हामी धेरैले यस्ताे हुन्छ भन्ने साेचेका थिएनाैं ।’ वाटमाेरले भनेका छन् ।

३४ वर्षीय पारसले मंगलबार बिहानै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घाेषणा गरेका थिए ।

सन् २००४ मा डेब्यु गरेका पारसले २००९ देखि २०१९ सम्म नेपालकाे कप्तानी गरेका थिए ।

डेभ वाटमोर पारस खड्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय