+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नाडा अध्यक्षमा ध्रुब थापाको उम्मेद्वारी किन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २० गते ११:३४

२० साउन, काठमाडौं । फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष धु्रब थापाले नाडा अटोमोबाइल्स एशोसियसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

अटोमोवाइल क्षेत्रमा ३ दशक लामो अनुभव भएका थापा यस अघि दुई कार्यकाल उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । पश्चिमाश्चल अटोमोवाइल डिलर्स एशोसिएसनको अध्यक्ष हुँदै नाडाको केन्द्रीय समितिमा पुगेका उनले अघिल्लो कार्यकालका लागि पनि अध्यक्षमा उम्मेद्वारी दिने बताएका थिए ।

अहिलेका अध्यक्ष कृष्णप्रसाद दुलालले अर्को पटकको अध्यक्षका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएपछि व्याक भएका उनी यस पटक भने कुनै हालतमा पछि नहट्ने बताएका छन् । अध्यक्ष दुलाल भने थापाको पक्षको खुलेका छैनन् ।

नाडाको आगामी नेतृत्वका लागि सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

बैंकिङ, रियल स्टेक, पर्यटन लगायतका धेरै उद्योगहरुमा समेत थापाको लगानी रहेको छ । आफूले यस अघि पनि सहमितका लागि उम्मेद्वारीबाट पछि हटेको भन्दै यस पटक भने व्यवसायीहरुले आफूलाई सहयोग गर्नेमा विश्वस्त रहेको उनले बताएका छन् ।

‘साथीहरुले मलाई अध्यक्षमा बिजयी बनाउनुभयो भने बिगतमा नाडाको जुन गरिमा, जुन उचाई थियो त्यसलाई पुन सोही स्थानमा पुर्याउँने छु’ उनले भने, ‘नाडाको बिधानमा राज्यको संबिधान तथा ऐन नियमले तोकेको अनुसार पनि केही प्राबधानहरु थप घट गर्नु जरुरी पनि देखिएको छ जस्तै यस्ता सार्बजनिक तथा ब्यवसायिक संस्थाहरुमा महिलाहरुको सहभागिता अनिवार्य गरेको छ, त्यसलाई संबोधन गरिने छ भने केही बिसंगतीहरु पनि रहेका छन ती प्राबधानहरु पनि हटाउने मेरो लक्ष्य हुनेछ ।’

नाडालाई सबै अटो ब्यवसायीको साझा संस्था बनाउन आफूले भूमिका खेल्ने उनको भनाई छ । अटोमोबाइलबाट नेपालमा बार्षिक संकलन हुने राजस्वको झन्डै एक तिहाई राजस्व उठ्ने गरेको छ । तर सरकारले जुन प्राथमिकतामा यो क्षेत्रलाई राख्नुपर्ने हो त्यो नराखेको उनको भनाई छ ।

सरकार र व्यवसायीबीचको नजिकको समन्ध बनाउन पनि आफूले भूमिका खेल्ने उनले बताए । नाडाभित्र देखिएको केही सिमित व्यक्तिहरुको सिण्डिकेट समेत तोड्ने आफ्नो चुनावी एजेण्डा रहेको थापाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?