+
+

माधव-झलनाथ पक्षको केन्द्रीय समिति बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २० गते १२:५१

२० साउन, काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्षसँग तिक्तता बढेको बेला माधव नेपाल-झलनाथ खनाल पक्षले बुधबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको थियो । माधव नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले उक्त बैठक बिहीबार बस्ने गरी स्थगित भएको जानकारी दिए ।

बैठकमा पार्टीको आन्तरिक एकता प्रयास र सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । दुवै पक्षलाई सहमतिमा ल्याउन प्रयासरत नेताहरुले भने नेपाललाई बैठक रोक्न आग्रह गर्दै आएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई नेपाल पक्षले समर्थन गरेको छ । देउवाले नेपाल पक्षलाई सरकारमा समेत सहभागी गराउने प्रयास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?