+
+

सप्तरीमा युवक मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २० गते १७:१४

२० साउन, सप्तरी । सप्तरीमा एक युवक घर नजिकैको कुलोमा मृत अवस्थामा फेला परेका छन् । खडक नगरपालिका–१० गरुराहका ३० वर्षीय श्यामसुन्दर राम बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी घर नजिकैको कुलोमा घोप्टो परी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?