Comments Add Comment

बालबालिकाका लागि जरुरी तीन कुरा 

हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा जति आमाबुबाको नजिक हुन्छन् उनीहरुको व्यक्तित्व त्यति नै सन्तुलित हुन्छ ।

बच्चा तपाईंको कति नजिक छ यस कुरा थाहा पाउनको लागि दुःखी वा चिन्तित भएको अवस्थामा हुने उनीहरु हामीसँग खुलेर कुरा गर्छन वा गर्दैनन् भन्ने बुझ्नुपर्छ ।

उनीहरुले हामीसँग हरेक कुरा सेयर गर्छन् वा गर्दैनन् ? यदि गर्दैनन् भने हामीसँग बच्चासँग हुनुपर्ने जति गहिरो सम्बन्ध छैन भन्ने बुझ्नुपर्छ ।

ठूलो भएपछि ती मानिसहरुमा रोगको खतरा धेरै हुन्छ जसलाई सानो उमेरमा अभिभावकहरुले धेरै गाली गर्थे । वास्तवमा बच्चाको अभिभावकसँगको सम्बन्ध मिठासपूर्ण हुँदैन भने उनीहरुमा स्वस्थ जीवनशैली विकास हुँदैन । साथै भावनात्मक र सामाजिक भावनाको मामिलामा पनि उनीहरु पछाडि पर्छन् ।

अध्ययनका अनुसार यदि अभिभावक र बच्चाको सम्बन्धमा तिक्तता आउँछ भने बच्चाको खानपिन, सुत्ने र अन्य गतिविधिहरु अनियमित हुन्छ । घरको सन्तुलित खानाको सट्टा उनीहरु जंकफुड, स्ट्रिटफुड र उच्च फ्याटयुक्त खानेकुरा धेरै खान थाल्छन् ।

बच्चा र आमाबुवावीच सुमधुर सम्बन्ध हुन जरुरी छ । तर, बच्चासँग त्यती निकट पनि हुनुहुँदैन कि जसले उनीहरुलाई परनिर्भर र कमजोर बनायोस् । बच्चासँग सन्तुलित दुरी कायम राख्नुपर्छ । सन्तुलित र सौहाद्र्ध सम्बन्ध बनाउनुपर्छ ।

लोभ नदेखाउने

बालबालिका खुसी देख्न चाहन्छौं, जुन स्वभाविक हो । तर, बालबालिकालाई खुसी राख्ने चक्करमा लोभ देखाउनु राम्रो होइन । उनीहरुलाई हामी कतिपय प्रलोभन देखाएर खुसी राख्ने वा कुनै काम लगाउने गर्छौं । यसले क्षणिक रुपमा त उनीहरुलाई खुसी तुल्याउँछ । तर, दीर्घकालिन रुपमा खराब प्रवृत्तिको विकास हुनपुग्छ ।

उनीहरु हरेक कुरामा सर्त राख्न थाल्छन् । केही न केही कुरा माग गर्छन् । अर्थात उनीहरु लोभी हुन्छन् । जब हामी उनीहरुलाई लोभ देखाउँदै खुसी राख्ने यत्न गर्छौं, यसले उनीहरुमा लोभ गर्ने प्रवृत्ति विकास हुन्छ ।

जित्न मात्र नदिने

स्वभाविक हो, आफ्ना छोराछोरीले हरेक कुरामा जितेको देख्न चाहन्छौं हामी । कुनैपनि कुरामा हार्न नपरोस्, खिन्न हुन नपरोस्, दुःखी हुन नपरोस् भन्ने चाहन्छौं । तर, जानीबुझी उनीहरुलाई सबै कुरामा जित्न मात्र दिनु राम्रो होइन ।

उनीहरुले मागेको कुरा दिने, चाहेको कुरा दिने, जे भन्यो त्यही गर्ने, कहिल्यै हार्न नदिने प्रवृत्तिले अन्तत भविष्यमा उनीहरुलाई ठेस पु¥याउँछ । जीवन जिउने क्रममा सधै जित मात्र हात लाग्दैन । असफलता जीवनको एउटा अभिन्न पाटो हो । त्यसैले बच्चालाई हार्न पनि सिकाउनुपर्छ ।

सबै कुरामा सहयोग नगरौं

बालबालिकाले कापी, किताब मिलाउन खोज्छन्, हामी सहयोग गर्छौं । उनीहरु जुत्ता लगाउन खोज्छन्, हामी सहयोग गर्छौं । उनीहरुलाई भात ख्वाउन पनि हामी नै अग्रसर हुन्छौं । नुहाइदिने, सरसफाई गरिदिने, लुगाफाटो लगाइदिने, खेल्नेकुरा मिलाइदिने सबै कुरामा हामी नै अग्रसर हुन्छौं । र, उनीहरुलाई ति काम आफै गर्न दिदैनौं ।

यसले क्षणिक रुपमा त उनीहरुलाई सहयोग गरेको जस्तो लाग्नेछ । तर, भविष्यमा उनीहरुलाई परनिर्भर बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment