Comments Add Comment

बार्सिलोना पराजित

२१ साउन, काठमाडौं । प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेल स्पानिस क्लब बार्सिलोना अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग पराजित भएको छ । बुधबार राति घरेलु मैदान रेडबुल एरेनामा भएको खेलमा साल्जवर्गले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो ।

साल्जवर्गका लागि लुका सुसुक र ब्रेन्डन आरोनसनले गोल गरे । बार्सिलोनाका लागि मार्टिन ब्रेथवेइटले एक गोल गरे ।

४३औं मिनेटमा सोसिसकले गोल गर्दै साल्जवर्गलाई अग्रता दिलाएका थिए । ८२औं मिनेटमा ब्रेथवेइटले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

तर ९०औं मिनेटमा आरोनसनले गोल गरेपछि साल्जवर्गले खेल जित्यो ।

एन्टोइन ग्रीजमन, सर्जियो बुस्केट, मेम्फिस डिपाए, फ्रेन्की डे जोङ, जोर्दी अल्वालगायत खेलाडीले बार्सिलोनाका लागि पहिलो रोजाइमै खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment