Comments Add Comment

२१ वर्षपछि बार्सिलोना छाडेका मेसीको गन्तव्य अब कता ?

२३ साउन, काठमाडौं । दुई दशक भन्दा बढी समय बार्सिलोनामा बिताएका लिओनल मेसी र क्याटलान क्लबको सम्बन्ध गएरातिदेखि सकिएको छ । बार्सिलोनाका लिजेन्ड, कीर्तिमानका खानी र दर्जनौं उपाधि जितेपछि मेसी अब बार्सिलोनामा नबस्ने भएका छन् ।

यसमा मेसी र बार्सिलोना कारण नभई ला लिगाको आर्थिक नियम बाधक बन्यो । खासमा मेसी र बार्सिलोना ५ वर्षको लागि नयाँ सम्झौता नजिक पुगेको बेला ला लिगाको नियमले भिलेन खेल्यो ।

बार्सिलोनाले विज्ञप्ति नै जारी गर्दै चाहना हुँदा हुँदै पनि सम्झौता गर्न नमिलेको जनाएको छ ।

सन् २००० मा बार्सिलोनाको युथ एकेडेमीमा भर्ना भएका मेसीले सिनियर टिममा खेलेको नै १७ वर्ष भइसकेको छ ।

नयाँ सिजन सुरु हुनु केही समयअघि मात्रै मेसीले बार्सिलोना छाडेपछि अब उनी क्लब क्लब जालान् भन्ने चासोको विषय बनेको छ ।

युरोपका उच्च लिगका क्लबहरुले नयाँ सिजन अघि मोटामोटी आफ्नो टिम तयार पारिसकेमा छन् । यस्तो अवस्थामा मेसीलाई अनुबन्ध गरिहाल्न अरु क्लबलाई पनि त्यति सहज भने छैन । तर मेसीको सम्झौता बार्सिलोनामा सकिएको र उनी फ्रि एजेन्ट रहेकोले उनलाई अनुबन्ध गर्दा पैसा तिर्नुपर्दैन तर तलबको विषयमा भने क्लबका लागि सोच्नुपर्ने अवस्था छ ।

मेसीलाई अनुबन्ध गर्न सक्ने केही क्लब अगाडि देखिएका छन् भने अन्य केही विकल्प समेत रहेको छ ।

इंग्लिस क्लब म्यानचेष्टर सिटी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन लगायत क्लबमा मेसी जान सक्ने चर्चा छ । तर ३४ वर्षीय मेसीको गन्तव्य अब कता हुने टुङ्गो छैन ।

बार्सिलोना छाडेपछि अब मेसी कता जालान् ?

पेरिस सेन्ट जर्मेन (पीएसजी)

पेरिस क्लब च्याम्पियन्स लिग जित्न एकदमै उत्सुक रहेकोले मेसी पीएसजी जाने सम्भावना सबैभन्दा धेरै छ ।

मेसी पीएसजी गएका पूर्व बार्सा सहकर्मी नेमारसँग उनको जोडी बन्नेछ । यदी मेसी पेरिस आएमा पीएसजीका लागि किलिएन एमबाप्पेलाई बेच्नुपर्ने हुनेछ । यस्तो अवस्थामा एमबाप्पे रियल जान सक्नेछ ।

मेसीको लागि पनि पीएसजी जान उपयुत देखिएको छ । पेरिसमा जीवन पनि सजिलो छ । फ्रेन्च लिग वानको क्वालिटी त्यति राम्रो नभएपनि मेसीले पीएसजीमा केही आराम पाउन सक्नेछन् ।

म्यानचेस्टर सिटी

म्यानचेष्टर सिटीले बिहीबार मात्रै ज्याक ग्रिलिसलाई १०० मिलयन पाउण्डमा अनुबन्ध गरिसकेको छ । ह्यारी केनलाई समेत अनुबन्ध गर्ने तयारीमा रहेको सि६ले मेसीलाई भित्र्याउने सक्ने सम्भावत्याको बारेमा पनि सोच्ने छ । सिटीका हालका प्रशिक्षक पेप ग्वार्डीओला र मेसीले बार्सिलोनामा धेरै समय सहकार्य गरिसकेका छन् ।

मेसीलाई ल्याउन चाहे सिटीले रियाद महारेज र बर्नानर्डो शिल्भाका लागि क्लब खोज्नुपर्नेछ ।

ग्वार्डिओला मेसी बिना कुनै पनि क्लबमा च्याम्पियन्स लिग जित्न सकेका छैनन् र यसपटक आफ्ना खेलाडीलाई क्लबमा ल्याउने अवसर ग्वार्डिओलालाई छ ।

म्यानचेष्टर युनाइटेड

म्यानचेष्टर युनाइटेडको अहिलेको योजनामा मेसी जस्ता खेलाडी ल्याउने नीति छैन । तर मेसीलाई भित्र्याउन सक्ने केही क्लबमध्ये युनाइटेड पनि एक हो । जसले मेसीको तलबका लागि खर्च गर्न सक्छ । ३४ वर्षीय मेसीलाई भित्र्याउन युनाइटेड प्रतिस्पर्धामा द्दबएपछि सम्भावना भने छ ।

युभेन्ट्स

वर्तमान विश्वक फुटबलका दुई ठूला स्टार एउटै क्लबमा हुन सक्लान् ? हाल क्रिस्टियानो रोनाल्डो युभेन्ट्समा छन् । मेसी पनि इटालियन क्लब युभेन्ट्समा जालान् ?

रोनाल्डो र मेसी राइभलको रुपमा छन् । च्याम्पियन्स लिग ट्रफी र बालोन डे ओरको लागि दुई बीच प्रतिस्पर्धा चलिरहेको छ । तर ओल्ड लेडी क्लबले दुवै स्टारलाई राख्न सक्ला ?

मेजर लिग सकर

मेसीले कुनै समय अमेरिकन मेजर सकर लिग (एमएलएस)मा समेत खेल्ने संकेत गरेका थिए । त्यसैले कुनै पनि समय उनी अमेरिका जान सक्छन् । तर अहिले नै एमएसएलमा गएर खेल्ने सम्भावना कम नै छ ।

मेस्सीले आफ्नो करिअरको कुनै समयमा अमेरिकी लिग खेल्ने आकलन गरिएको छ ।

डेभिड बेकहम मालिक रहेको एमएलएस क्लब इन्टर मायमी मेसीका लागि उपयुक्त क्लब हुन सक्नेछ । मेसी अहिले लयमै हेकोले पनि युरोपकै क्लबमा खेल्ने सम्भावना छ ।

नेवेल्स ओल्ड ब्वाइज

मेसी आफ्नो युथ करियर सुरु गरेको क्लब हो नेवेल्स ओल्ड ब्वाइज । उनले नेवेल्सबाट पनि करियर अन्तय गर्न सक्ने बताएका थिए ।

नेवेल्स उनको ब्वाएहुड क्लब हो । ३४ वर्ष भइसकेकाले उनले आफ्नै देश फर्कने निर्णयबारे पनि सोच्न सक्छन् । तर जाने बताएका थिए । तर अहिले नै अर्जेन्टिना फर्कने सम्भावना पनि कम नै छ ।

बार्सिलोनामै बस्ने सम्भावना

बार्सिलोनाले खेलाडी र क्लबको चाहना हुँदा हुँदै पनि ला लिगाको आर्थिक नियम बाधक बन्दा सम्झौता गर्न नसकेको विज्ञप्तिमा जनाएको छ ।

त्यसैले आउने सिजन मेसीले बार्सिलोनामा खेल्ने छैनन् भनिएको छ । बार्सिलोनाले आधिकारिक रुपमा विज्ञप्ति जारी गर्दै मेसीलाई धन्यवाद समेत दिइसकेको छ भने ट्वीटरमा ७ मिनेट लामो भिडियो समेत पोष्ट गरेको छ ।

यस्तो अवस्थामा मेसी र क्लबबीच अब सहकार्य सकिएको आकलन गर्न कठिन छैन ।

तर मेसी जस्तो स्टार बाहिरिँदा ला लिगाको पनि चर्चा उस्तै रहँदैन । मेसीको बहिर्गमनले ला लिगाला २ पनि असर पार्न सक्छ ।

त्यसैले बार्सिलोनाले ला लिगामा दबाद पार्दै मेसीलाई क्लबमा राख्न आर्थिक नियम खुकुलो पार्ने प्रयास समेत गरेको हुन सक्छ । त्यस कारण बार्सामै पर्कने झिनो सम्भावना पनि बाँकी छ ।

यो सबै विषय के हुन्छ भन्ने समयले नै बताउनेछ ।

(मार्का र वान फुटबलको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment