Comments Add Comment

मेयरलाई कार्यकक्षमै मसाज !

मेयर भन्छन्- जेठमा बिरामी हुँदाको तस्वीर हो

२४ साउन, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ ।

मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा बेचन कार्यालयको सोफामा आराम गरिरहेका छन् भने कार्यालय सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेको देखिन्छ ।

कोठाभित्र मसाज गराएको तस्वीर झ्यालबाट एक जना स्थानीय व्यक्तिले कैद गरेर सामाजिक संजालमा राखिदिएका हुन् । उक्त तस्वीर भाइरल भएपछि मेयर बेचनको आलोचना भएको छ ।

मेयर बेचनले भने आफू बिरामी भएपछि कार्यकक्षमै मसाज गराएको बताएका छन् । यद्यपि यी तस्वीरहरु हालको नभई जेठ महीनाकै भएको बताए ।

‘जेठ महीनामा दोस्रो खोप लिंदा कार्यालयमै बेहोस जस्तो भएको थिएँ,’ उनले भने, ‘त्यहीं भएर सम्बन्धले भाइ पर्ने करणलाई मसाज गरिदिन आग्रह गरें ।’

एक्कासी बेहोस जस्तै भएको र शरीर पनि काप्न थालेको अवस्थामा मसाज गर्न लगाएको बताउँदै उनले यसलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

सामान्य कुरालाई अतिरञ्जित गरिएको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment