+
+
Shares

सरकारको साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो, आज ४ बजे सार्वजनिक गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २४ गते १२:३३

२४ साउन, काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् । सो कार्यक्रमलाई अपराह्न चार बजे सिंहदरबारबाट सार्वजनिक गरिने नेताहरुले बताएका छन् ।

कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धन दलका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो । सो छलफलबाट कार्यदललाई अन्तिम रुप दिइएको एक सदस्यले जानकारी दिए ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो । त्यसलाई आज अन्तिम रुप दिइएको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकता, संघीयता सुदृढीकरण, मन्त्रीहरुको आचारसंहिता लगायत विषय समेटिएको छ । कार्यदल संयोजक एवम् कांग्रेस महामन्त्री खड्काले स्थानीय निकायलाई प्रदेश मातहत ल्याउन कार्यदलले सिफारिश नगरेको भनी सामाजिक सन्जालमार्फत् स्पष्टीकरण दिएका छन् ।

कार्यदलमा कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?