+

बार्सिलोनालाई जोन ग्याम्पर ट्रफी, युभेन्टस ३-० ले पराजित

२०७८ साउन  २५ गते ९:१५ २०७८ साउन २५ गते ९:१५
बार्सिलोनालाई जोन ग्याम्पर ट्रफी, युभेन्टस ३-० ले पराजित

२५ साउन, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३-० ले पराजित गर्दै जोन ग्याम्पर ट्रफी जितेको छ ।

प्रिसिजन अन्तर्गतको अन्तिम खेलको रुपमा रहेको यस खेलमन बार्सिलोनाले सहज जितसहित नयाँ सिजनका लागि वार्मअफ गरेको छ ।

लिओनल मेस्सीले बार्सिलोनाले छाडेपछि क्लबको यो पहिलो खेल थियो ।

बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकार्ड पुइगले गोल गरे ।

खेलको तेस्रो मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ५७औं मिनेटमा ब्रेथवेइटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

त्यसपछि इन्जुरी टाइममा पुइगले गोल थपे ।

बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय