+

बेलले पेनाल्टी चुकाउँदा रियल बराबरीमा रोकियो

२०७८ साउन  २५ गते ९:२७ २०७८ साउन २५ गते ९:२७
बेलले पेनाल्टी चुकाउँदा रियल बराबरीमा रोकियो

२५ साउन, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड र इटालियन क्लब एसी मिलानले प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेका छन् । डेभिड अलावाले रियल मड्रिडको लागि पहिलो खेल सुरुआत गर्दा रियलले बराबरी खेलेको हो ।

खेलमा रियलका गारेथ बेलले पेनाल्टी गुमाएका थिए ।

कार्लो एन्सेलोट्टीले बेलसँगै इस्को र लुका जोभिकलाई पनि पहिलो रोजाइमा खेलाएका थिए । यस्तै यसै सिजन अनुबन्ध भएका अलावाले पहिलो हाफ पूरै खेले र दोस्रो हाफमा उनलाई एडर मिलिटाओले रिप्लेस गरे ।

रियललका गोलका लागि ठूलो अवसर भने बनाउन सकेन ।

बेलले पेनाल्टी जितेपनि उनी आफैंले प्रहार गरेको बल एसी मिलानका गोलकिपर मिक मेइगनानले बचाए ।

रियल मड्रिडले समग्रमा राम्रो खेल प्रदर्शन गरे पनि गोलका लागि भने चुस्त देखिएन ।

एसी मिलान रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय