
२६ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्चमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा परेको छ ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य लीला गिरीले सोमबार रिट दायर गरेका थिए ।
रिटमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव ल्याउन निमिल्ने दाबी गरिएको छ । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा पोखरेल मुख्यमन्त्री नियुक्त भएकोले दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने तर्क रिट निवेदकको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4