Comments Add Comment

न्यूयोर्कमा ‘मिस नेपाल यूएसए २०२१’ हुने

मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ । यही सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोह भव्य रुपमा मनाइने भएको हो ।

नेपालकी चर्चित सञ्चारकर्मी, अभिनेत्री, प्रस्तोता, समाजसेवी साथै मिस नेपाल समेत रहिसकेकी माल्भिका सुब्बालाई प्रतिस्पर्धाको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरिएको छ । सुब्बालाई प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास र सौन्दर्य निखार्नमा सघाउनेछन् ।

अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरुले मिस नेपाल युएसको आधिकारिक वेबसाइट www.missusnepal.com वा मिस नेपाल यूएस २०२१ का आयोजकसँग सम्पर्क गरेर आफ्नो आवेदन बुझाउन सकिने बताइएको छ । आवेदन दर्ता गर्ने समय सीमा सेप्टेम्बर १, २०२१ रहेको छ ।

नेपाली−अमेरिकी सामाजिक उद्यमी श्री अमित शाहद्वारा शुरू गरिएको, मिस नेपाल युएस प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाहरुका लागि नेटवर्कीङ, सशक्तिकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च बनेको दावी आयोजकको छ । साथै यस प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजागर गरेको आयोजकले बताएको छ ।

मिस नेपाल यूएस प्रतिस्पर्धाले हालसम्म नेपाली−अमेरिकी महिलाहरुलाई शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर्स बराबरको सहयोग प्रदान गरिसकेको दावी गरेको छ ।

मिस नेपाल युएसको इतिहास २०११ मा न्यूयोर्क शहर बाट सुरु भएको थियो जसमा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् ।

कार्यक्रमलाई न्यू योर्क, भर्जिनिया, नेब्रास्का लगायत प्रदेशका गर्भनर, यूएस राजदूतावास लगायत संस्थाले आधिकारिक मान्यता समेत प्रदान गरेको आयोजकको भनाइ छ ।
भोलिका दिनमा आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment