+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

अफगानिस्तानबाट सेना फिर्ता गर्ने निर्णयमा पछुतो छैन : बाइडन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २७ गते ११:३७

२७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयप्रति कुनै पछुतो नभएको बताएका छन् । उनले अफगानिस्तानका नेताहरुलाई एक भएर अहिलेको अवस्थाको सामना गर्न पनि आग्रह गरेका छन् ।

अफगानिस्तानमा युद्ध सुरु भएको २० वर्षपछि अमेरिकी सेना अहिले फिर्ता गइरहेको छ । यसैबीच अहिले अफगानिस्तानमा तालिबान र सरकारी सेनाबीच युद्ध चलिरहेको छ । तालिबानले केही महत्वपूर्ण क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ।

तालिबानले अहिलेसम्म ३४ प्रान्तीय राजधानीमध्ये कम्तीमा ८ ओटालाई आफ्नो नियन्त्रणमा लिएको छ । त्यस्तै धेरै सहरमा तालिबानले आक्रमण गर्ने जोखिम बढेको छ ।

ह्वाइट हाउसमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै बाइडनले अमेरिका अफगानिस्तानसँग गरेको वाचामा प्रतिबद्ध रहेको बताएका छन् । जसमा हवाई सहायता सेनाको तलब र अफगानी सेनालाई खाना र उपकरण आपूर्ति गर्ने लगायतका सहयोग छन् । यद्यपि बाइडनले अफगानिस्तानका नागरिकहरुले आफ्नै लागि लड्नुपर्ने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?