Comments Add Comment

वैकल्पिक विधिको परीक्षा माग गर्दै तालाबन्दी

२७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा वैकल्पिक विधिबाट गर्नुपर्ने माग गर्दै आएको सीएसआईटी एसोसिएसन अफ नेपालले विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. विनिल अर्यालको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

बीएस्सी सीएसआईटी अध्ययनरत विद्यार्थीले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने, कोरोना संक्रमणका कारण गम्भीर अवस्थाका विद्यार्थीलाई अर्को परीक्षा मिति तोकिनुपर्ने माग राखेको महासचिव आशिष गिरीले बताए ।

उनले भने ‘हाम्रा केही साथीहरु कोरोना संक्रमणका कारण गम्भीर विरामी भएका छन् । उनीहरुको लागि छुट्टै मिति तोकिनुपर्छ भन्ने हाम्रो मागलाई बेवास्ता भएपछि ताला लगाउन बाध्य भएका हौं ।’

डिन कार्यलयले छैठौं सेमेष्टरको साउन ३१ बाट, दोस्रो सेमेष्टरको भदौ १६ गतेबाट र चौथो सेमेष्टरको भदौ ३१ बाट हुने परीक्षा तालिका सार्वजनिक गरेको छ ।

समाजशास्त्रका विद्यार्थीको प्रर्दशन

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र स्नातक तहका विद्यार्थीले भौतिक उपस्थितिमा हुने परीक्षा स्थगित गर्न माग गर्दै बुधबार त्रिविको घडीघर अगाडि प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै त्रिविले भौतिक उपस्थितिमा हुने परीक्षा स्थगित गरी वैकल्पिक रुपमा परीक्षा दिन पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

सरकारले बुधबार विश्वविद्यालय स्तरको विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई परीक्षाको प्रवेश पत्रका आधारमा खोप दिने निर्णय गरेको छ ।

तर सरकारको यो निर्णय मिडियाबाजीका लागि मात्र गरिएको भन्दै विद्यार्थीहरु असन्तुष्टि जनाएका छन् ।

सीएसआईटी एसोसिएसन अफ नेपालका महासचिव आशिष गिरीले आन्दोलित विद्यार्थीलाई अलमल्याउन गरेको निर्णय भएको बताउँछन् ।

‘सरकारले खोपको व्यवस्था गर्ने भनेको त छ तर कहिलेदेखि भनेर स्पष्ट छैन’, उनले भने, ‘अर्को कुरा महिना दिनपछि हुने परीक्षामा हुने सहभागीको लागि यो निर्णय ठीक होला तर अहिले परीक्षा दिइरहेका र अब ३१ गतेदेखि हुने परीक्षामा सहभागीका लागि यो प्रभावकारी हुँदैन ।’

अहिले त्रिवि परीक्षा नियन्त्रण कार्यालय र डिन कार्यलयले विभिन्न विषयको स्नातक तथा स्नात्तकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment