+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

छुटेका शिक्षकलाई कोरोना खोप दिइने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २९ गते १७:०२

२९ साउन, काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउन छुटेका शिक्षकहरुलाई खोप लगाउने व्यवस्था मिलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ५५ देखि ६० वर्ष उमेर समूहका लागि सञ्चालित खोप केन्द्रमा गएर शिक्षकहरुले परिचय पत्रको आधारमा खोप लगाउन सक्ने बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा राज्यमन्त्री श्रेष्ठले लेखेका छन्, ‘शिक्षकहरुलाई यसअघि नै प्राथमिकतामा साथ खोप उपलब्ध गराइएको हो । तर यदि कोही छुट्नु भएको वा कोभिड–१९ संक्रमित भएर शिक्षकका लागि सञ्चालित खोप अभियानमा सहभागी हुन नपाउनु भएको भए आफ्नो परिचयपत्र लिएर ५५ देखि ६० वर्ष उमेर समूहका लागि सञ्चालित खोप केन्द्रमा गएर खोप लगाउन सक्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?