Comments Add Comment

माओवादी केन्द्रीय समिति बैठक : प्रचण्डको प्रस्तावमाथि छलफल सुरु हुँदै

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा आज अध्यक्ष प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल सुरु हुँदै छ ।

अध्यक्ष प्रचण्डले पेस गरेको संगठनात्मक, राजनीतिक र विधान सम्बन्धी प्रस्तावका विषयमा आइतवार ११ बजेबाट छलफल सुरु हुने कार्य तालिका छ ।

प्रस्तावमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई आठ वटा समूहमा बाँडिएको छ । समूहगत रुपमा छलफल गरी टोली नेताले निष्कर्षहरु बैठकमा पेश गर्ने नेता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले जानकारी दिए ।

नेकपा माओवादी अध्यक्ष प्रचण्डले शनिबारको बैठकमा आठ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव कम्तीमा पेश गरेका थिए । सो प्रस्तावमा आगामी निर्वाचनसम्म वाम-लोकतान्त्रिक गठबन्धन कायम राख्ने लगायतका विषय छन् ।

सदस्यहरुको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गर्ने र पार्टीको सांगठनिक संचरना तथा राष्ट्रिय सम्मेलनको विषयमा समेत बैठकले निर्णय गर्ने तयारी छ ।

प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।

केन्द्रीय महाधिवेशन नहुँदासम्म २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव प्रचण्डले गरेका छन् । पार्टीका सबै समितिमा ३५ प्रतिशत महिला र २० प्रतिशत युवालाई राख्ने तथा केन्द्रीय कमिटीमा १५ प्रतिशत सदस्य दलितलाई राख्ने प्रस्ताव प्रचण्डले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment