Comments Add Comment

पीएसजीको लगातार दोस्रो जित, साविक विजेता लिल नाइसँग पराजित

३१ साउन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित हात पारेको छ । लिओनल मेस्सीलाई अनुबन्ध गरेपछि पहिलो खेल खेलेको पीएसजीले स्ट्रासबर्गलाई ४-२ ले पराजित गरेको हो । यद्यपि मेस्सी भने खेलेका थिएनन् ।

घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीका लागि माउरो इकार्कीले तेस्रो मिनेटमै गोल गरेका थिए । यस्तै किलिएन एमबाप्पेले २५औं, युलियन ड्राक्सलरले २७औं र पाब्लो साराबियाले ८६औं मिनेटमा गोल गरे ।

स्ट्रासबर्गका लागि केभिन गेमेइरियोले ५३औं र लुडोभिक अयोर्कले ६४औं मिनेटमा गोल गरे ।

स्ट्रासबर्गका अलेक्जान्डर जिकु ८१औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

लगातार दोस्रो जितपछि ६ अंकसहित पीएसजी शीर्ष स्थानमा छ ।

साविक विजेता लिल भने नाइसँग ४-० ले पराजित भएको छ । नाइसका लागि क्यास्पर डलबर्गले पहिलो र ६४औं मिनेटमा गोल गरे । यस्तै हिचेम बोउदाइले पाँचौ र अमिन गौइरीले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

नाइस ४ अंकसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment