Comments Add Comment

प्रिमियर लिग डेब्युमै गोल गरेका ट्रेभो चालोबा

३१ साउन, काठमाडौं । ट्रेभो चालोबाले भनेका छन्,  ‘जब मैले गोल गरें, मलाई थाहा थिएन के गर्ने । मैले घुँडा टेक र म रोए ।’ किन भने उनका लागि पछिल्लो साता अनौठो रह्यो ।

२२ वर्षीय चालोबाले ८ वर्षदेखि चेल्सीमा आबद्ध छन् । उनले बुधबार यूईएफए सुपर कपअन्तर्गत भियारियालविरुद्धको खेल अप्रत्यासित रुपमा डेब्यु गरे । उनले थोमस टुचेललाई प्रि सिजनमा प्रभाव गरेपछि खेल्ने अवसर पाएका थिए ।

शनिबार उनले झन् ठूलो अवसर पाए । प्रिमियर लिगमा डेब्यु गरे । सेन्टर ब्याक चालोबाले २५ यार्डबाट क्रिस्टल प्यालेसविरुद्ध उत्कृष्ट गोल गरे । उनले टिमको तेस्रो गोल गरेका थिए । उक्त खेल चेल्सीले ३-० ले जित्यो ।

‘बल कता गयो मैले विश्वास गर्न सकिँन,’ उनले बीबीसी रेडियो फाइभ लाइभसँग भने, ‘दर्शकले उत्सव नमनाउँदासम्म मलाई गोल भएको थाहा थिएन । यो उत्कृष्ट क्षण रह्यो ।’

गोल भएपछि चालोबा आफैँमा आश्चर्यमा परे । उनले आफ्नो हातले आफ्नो अनुहार छोपे अनि घुँडा टेके ।

त्यसपछि उनका टिममेटले उनलाई घेरेर खुशीयाली मनाएका थिए । त्यसबेलासम्म पनि उनले कुनै एक्सप्रेसन दिएका थिएनन् ।

चालोबाले पाएको अवसर धेरैका लागि आश्चर्य पनि लाग्न सक्छ । किनकि चेल्सीले हरेक पोजिसनमा सिनियर र धेरै खर्च गरेका खेलाडी छन् ।

पेरिस सेन्ट जर्मेन लेजेण्ड थियागो शिल्भा अनी फ्रेन्च खेलाडी कुर्ट जुमा बेन्चमा थिए । ‘मसँग कुनै शब्द छैन,’ चालोबाले भने, ‘यो साता मेरो लागि उत्कृष्ट रह्यो । म ८ वर्षको हुँदादेखि यस क्लबमा छु । स्टानफोर्ड ब्रिजमा खेल्नु, जहाँ मैले धेरै खेलहरु हेर्दै आएको छु र अन्तत: यहाँ खेल्नु अनौठो हो ।’

चालोका ब्रदर नाथनीयले चेल्सीका लागि २०१६-१७ मा १५ खेल खेलेका थिए । उनी पछिल्लो तीन सिजन लोनमा खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment