Comments Add Comment

मलेसियाका प्रधानमन्त्रीले दिए राजीनामा

३२ साउन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री युहयिद्दिन यासिनले पदबाट राजीनामा दिएका छन् । मलेसियाका राजासमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुन् ।

राजीनामापछि राजाले उनलाई नै मुलुकको अन्तरिम प्रधानमन्त्री बनाएका छन् । पछिल्लो केही महिनादेखि चलिरहेको राजनीतिक खिचातानीको कारण यासिनले आफ्नो बहुमत गुमाएका हुन् ।

मलेसियाका राजा अल सुल्तान अब्दुल्लाहले निर्वाचनमा जानु राम्रो विकल्प नभएको भन्दै यासिनलाई नै कायममुकायम प्रधानमन्त्री बनाउने निर्णय गरेका हुन् ।

राजीनामापछि प्रधानमन्त्री यासिनले आफूले विश्वासको मत गुमाएको कारण पदबाट राजीनामा दिएको बताएका छन् । उनको गठबन्धनको प्रमुख पार्टी युनाइटेड मलायाज नेशनल अर्गनाइजेसन (यूएमएनओ)ले समर्थन फिर्ता लिएसँगै उनको सरकार ढलेको हो । उनले अब नयाँ सरकार सकेसम्म छिटै बन्ने विश्वास पनि व्यक्त गरेका छन् ।

अहिले यासिनलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी दिइए पनि अर्को सरकारको लागि बहुमत पुर्‍याउन सक्ने व्यक्त भने देखिएको छैन । राजाले कोरोना महामारीको कारण निर्वाचन गराउन यो समय उचित नहुने बताएका छन् । मलेसियामा कोरोना संक्रमण र मृत्यु हुनेको संख्या प्रति १० लाख जनसंख्याको आधारमा दक्षिण पूर्वी एसियाकै सबैभन्दा उच्च छ ।

यसअघि आइतबार पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै काबुलस्थि दूतावास बन्द नगरिने बताएको थियो । साथै उसले दूतावासबाट आवश्यक सहयोग जारी राख्ने बताएको छ । टर्कीले पनि आफ्नो काबुलमा रहेको दूतावासको काम जारी रहने बताएको छ । भारतलले पनि काबुलस्थित दूतावास बन्द गरेको छैन ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment