+

पुरुष फुटबल टिमबाट भरत खवाससहित १० जना बाहिरिए

२०७८ साउन  ३२ गते २०:३७ २०७८ साउन ३२ गते २०:३७
पुरुष फुटबल टिमबाट भरत खवाससहित १० जना बाहिरिए

३२ साउन, काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणबाट भरत खवाससहित १० खेलाडी बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बन्द प्रशिक्षणमा रहेका ३८ खेलाडीबाट मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका छन् ।

प्रशिक्षणबाट बाहिर पर्नेमा विशाल सुनार, रन्दीप पौडेल, भरत खवास, जर्ज प्रिन्स कार्की, राजीव लोप्चन, सन्जोग राई, त्रिदेव गुरुङ, रजिन धिमाल, सेसेहाङ आङ्देम्बे र बिक्रम लामा रहेका छन् ।

नेपाली टिम हाल पाेखरामा प्रशिक्षण गरिरहेकाे छ । नेपालले भारतसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० (सेप्टेम्बर २ र ५) गते मैत्रीपूर्ण खेल खेल्दैछ ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ ।

दोस्रो चरणमा छनोटमा परेका २८ खेलाडी 

किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरजज्यू ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तमाङ, सुजल श्रेष्ठ, सुनील बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी ।

फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय