Comments Add Comment

बिजुली चुहावट १७ प्रतिशत नाघ्यो, ग्राहकको संख्या ५० लाख ८० हजार

१ भदौ, काठमाडौं । गत एक आर्थिक वर्षमा विद्युत् चुहावट १.९१ प्रतिशतले बढेको छ । आफ्नो वाषिर्कउत्सवका अवसरमा नेपाल विद्युत्  प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष -आव) २०७७/७८ मा विद्युत चुहावट १७.१८ प्रतिशत पुगेकोे छ । जुन आव ७६/७७ को १५.२७ प्रतिशतको तुलनामा १.९१ प्रतिशतले बढी हो ।

आव २०७७/७८ मा प्राधिकरणको जलविद्युत गृहबाट कुल २ अर्व ८१ करोड युनिट विद्युत मात्र उत्पादन भएको छ । जुन अव २०७६/७७ को उत्पादन ३ अर्व २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी हो ।

यस्तै निजी क्षेत्रका विद्युत गृहहरूबाट ३ अर्ब २४ करोड युनिट उत्पादन भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । गत आवको तुलनामा यो परिमाण ८.३६ प्रतिशतले बढी हो ।

आव २०७७/७८ मा २ अर्व ८२ करोड युनिट विद्युत भारतबाट खरिद भएको छ, जुन आव २०७६/७७को तुलनामा ६३.४५ प्रतिशतले बढी हो ।

गत आवमा प्रणालीमा ८ अर्व ८७ करोड ७९ लाख ५० हजार युनिट घन्टा विद्युत उपलब्ध भएको थियो । जुन, आव २०७६/७७को तुलनामा १४.६८ प्रतिशतले बढी होे ।

कूल उपलब्ध ऊर्जा मध्ये प्राधिकरणका विद्युत गृहको योगदान ३१.६६ प्रतिशत रहृयो भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युतको योगदान क्रमश ः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।

आव २०७७/७८ मा कुल विद्युत खपत ७ अर्व ३१ करोड ९० लाख युनिट छ । जुन आव २०७६/७७कोे तुलनामा १२ प्रतिशतले बढी हो । आव २०७७/७८ मा विद्युत चुहावट १७.१८ प्रतिशत पुगेकोे छ, जुन आव ७६/७७ को १५.२७ प्रतिशतको तुलनामा १.९१ प्रतिशतले बढी हो ।

एक वर्षको अवधिमा ग्राहक संख्या७.३७ प्रतिशतले बढेर ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ । सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहक सहित विद्युत उपभोग गर्ने कूल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूत रूपमा ग्रीडको पहुँचसहितको विद्युत पुगेको छ ।

खस्कियो वित्तीय अवस्था

आव २०७७/७८ मा विद्युत बिक्रीबाट प्राधिकरणले कुल रु. ७१ अर्व २८ करोड आम्दानी गरेको छ । जुन आव २०७६/७७ को ७६ अर्व ३१ करोडको तुलनामा ६.५९ प्रतिशतले न्कम हो ।

आव २०७७/७८ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको रु. ६१ अर्व ८७ करोडको तुलनामा १०.९६ प्रतिशतले वृद्घ िभएर रु. ६८ अर्व ४५ करोड पुगेेको छ । विद्युत खरिद बापत आव २०७७/७८ मा रु.४१ अर्व ४६ करोड खर्च भएको छ, जुन आव २०७६/७७ को खरीदभन्दा १८.०५ प्रतिशतले बढी हो ।

आव २०७७/७८ मा प्राधिकरणको अन्य आम्दानी सहितको खुद आम्दानी रु. ८० अर्ब ३५ करोडमा सञ्चालन खर्च रु. ६८अर्व ६४ करोड कट्टा गर्दा हुन आउने सञ्चालन मुनाफा रु. ११अर्व ७१ करोड रहेको छ ।

यो मुनाफा आ.व. २०७६/७७ को रु. २३ अर्व ७४ करोडको तुलनामा ५०.६७ प्रतिशतले घटी हो ।

आव२०७७/७८मा कर अघिको मुनाफा ६ अर्ब रहेको छ जुन आव २०७६/७७ को रु १३ अर्ब २७ करोडको तुलनामा ५४.७३ प्रतिशतले कम हो ।

आव २०७६/७७ को कर पछिको खुद मुनाफा रु ११ अर्व ६८ करोड रहेकोमा गत आवमा रु. ३ अर्व ५१ करोड अर्थात ६९.९४ प्रतिशतले घटेको छ ।

प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८.३४ प्रतिशत रहेको छ । विद्युत विक्रीबापत प्राप्त आम्दानीकोे ५८.८३ प्रतिशत रकम विद्युत खरिदमा खर्च भएको छ । आव २०७६/७७ को तुलनामा विद्युत आयातबढ्न गएकोले आव२०७७/७८ मा विद्युत खरिद बापतको खर्चमा १८.०५ प्रतिशतले वृद्घ िभएको छ ।

सकिएका आयोजना

गत वर्ष राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ६ वटै यूनिटबाट पूर्णक्षमतामा विद्युतउत्पादन भइरहेको हुँदा यसलाई प्राधिकरणले महत्वपूर्ण सफलताको रुपमा लिएको घिसिङले बताए ।

ढल्केबर-मुजˆफरपुर अन्तरदेशीय प्रसारण लाइन सन् २०२० नोभेम्बर ११ मा ४०० केभीमा चार्ज भएको छ ।  आव २०७७/७८ मा १३२ केभी क्षमताका ६०४.७४ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण तथा स्तरोन्नति सहितको २१३४.२० एमभीए क्षमताका सबस्टेसनको निर्माण सकिएको छ ।

प्राधिकरणले आव २०७७/७८ मा सम्पन्न गरेको २२६.५ एमभीए क्षमताका ३३/११ केभीका १० वटा वितरण सबस्टेसनसहित हाल सम्मकूल १९२८ एमभीएका १६१ वटा वितरण सबस्टेसनको निर्माण पूरा गरी सञ्चालनमा ल्याएको छ ।

आव २०७७/७८ मा ३३ केभी, ११ केभी र ०.४/०.२३ केभी वितरण लाइनहरु क्रमशः ७०९ सर्किट किलोमिटर, २८२७ सर्किट किलोमिटर र ८७१६ सर्किट किलोमिटर निर्माण सम्पन्न भएको छ ।

हाल सम्म ३ हजार ६२३ एमभिए क्षमता बराबरका ३७हजार १६३ वटा वितरण ट्रान्सर्फमरहरु वितरण प्रणालीमा जडान भएका छन् ।

वितरण प्रणालीतर्फ २१२२ एमभिए क्षमता बराबरका ३३/११ केभी सबस्टेसन, २०६६ सर्किट किलोमिटर ३३/११ केभी लाइन, ८४० सर्किट किलोमिटर ११ केभी भूमिगतवितरण लाइन, १८९४ सर्किट किमीको ४०० भोल्टको लाइन र १११७ सर्किट किमीको ४०० भोल्ट भूमिगत वितरण लाइननिर्माण भइरहेका छन् ।

साथै ८ एमभिएको एउटा ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भएको छ भने ३३ केभी, ११ केभी र ४०० भोल्टेजस्तरका क्रमशः १०५ किलोमिटर, १७२ किलोमिटर र ४०० किलोमिटर लाइनको निर्माण पूरा भएको जानकारी प्राधिकरणले दिएको छ ।

निर्माणाधीन आयोजना

प्राधिकरणबाट १३२ केभी, २२० के.भी. र ४०० केभी क्षमताका क्रमशः १०३१ सर्किट किलोमिटर, ११६५ सर्किट किलोमिटर तथा ७५६ सर्किट किलोमिटर गरी कुल २९४२ सर्किट किलोमिटर प्रसारण लाइन तथा ९,२०० एमभिए क्षमता बराबरका ग्रीड सबस्टेसनहरु निर्माण भइरहेको जानकारी पनि घिसिङले दिएका छन् ।

चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरीे उपत्यकाका १३ वटा गि्रड सबस्टेसनमा स्वचालित सबस्टेसन प्रणाली जडान गर्ने काम भइरहेको छ ।

मुलुकमा प्रसारण प्रणालीको पूर्वाधार विकास गर्न १९०० सर्किट किमीभन्दा बढी ४०० केभी प्रसारण लाइनर २९० सर्किट किलोमिटर १३२ केभी प्रसारण लाइनको विस्तृत इन्जिनियरिङ तथा वातावरणीय अध्ययनको कार्य परामर्शदाताले गरिरहेको जानकारी पनि प्राधिकरणले दिएको छ ।

त्यसैगरी आगामी ३० वर्षसम्मका लागि देशका प्रमुख शहरहरूमा पर्याप्त विद्युत उपलब्ध गराउन आवश्यक प्रसारण लाइन र सवस्टेशनको अध्ययन गर्ने कार्य समेत परामर्शदाताबाट भइरहेको घिसिङले जानकारी दिए ।

प्राधिकरणका विभिन्न सहायक कम्पनीहरुमार्फत १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोशी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको अपर सान्जेन, १४० मेगावाटको तनहुँ जलाशययुक्त, ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी, ४० मेगावाटको राहुघाट, १०६० मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवाखोला, ९९.८ मेगावाटको तामाकोशी पाचौं, ६३५ मेगावाटको दुधकोशी जलाशययुक्त, ४२ मेगावाटको माथिल्लो मोदी ए र १९.८ मेगावाटको माथिल्लो मोदी बी, ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाहरु अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेको जानकारी पनि दिइएको छ ।

हाल निजीक्षेत्रबाट प्रर्वद्धित ८१४ मेगावाट बराबरका १०८ आयोजना सञ्चालनमा आएका छन् भने ३५०६ मेगावाट बराबरका १३८ आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । हालसम्म प्राधिकरणले निजी क्षेत्रँसँ कुल ६१७२ मेगावाट बराबरको ३४५ आयोजनाहरुसँग विद्युत खरीद बिक्री सम्झौता गरेको छ ।

अधुरो काम सक्ने प्राथमिकता

कार्यकारी निर्देशक घिसिङले ऊर्जा, जलश्रोत तथासिँचाइ मन्त्रालयबाट जारी श्वेत पत्र-२०७५ मा ऊर्जा क्षेत्रको आगामी दशकको मार्ग चित्र स्पष्ट उल्लेख भएकोले यसलाई मूल दस्तावेज मानेर प्राधिकरणको भावी क्रियाकलापहरु अगाडि बढाइने बताएका छन् ।

सबै सरोकारवाला तथा कर्मचारी वर्गले अपनत्व लिने गरी एवम् कर्मचारीहरुको सेवा, सुविधा, पेन्सन, उपदान लगायतको समेत सुनिश्चितता हुने गरी प्राधिकरणको पुनस् संरचना गरिने छ । प्राधिकरणको दीर्घकालिन लक्ष्य हासिल गर्नका लागि समग्र कामकारवाहीहरु एकीकृत र ब्यवस्थित रुपमा सञ्चालन गर्ने उद्देश्यले जारी गरिएको संस्थागतविकास योजना प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ,’ घिसिङले भनेका छन् ।

विद्युत उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापन स्वचालित प्रणालीबाट गरी सञ्चालन लागत घटाई ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिने उनको प्रतिवद्धता छ ।

४५६मेगावाटको माथिल्लो तामाकोशी जल विद्युत आयोजना लगायत विभिन्न आयोजनाहरुबाट उत्पादित विद्युत विक्रीको लागि बजार व्यवस्थापन चुुनौतीपूर्ण रहेको भन्दै उनले स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत अन्तर्देशीयबजारमा विक्री गर्न बजारको अध्ययन विश्लेषण गरी उपयुक्त कदम चालिने बताएका छन् ।

‘स्वदेशमै विद्युत खपत बृद्धि गर्न सके उत्पादित विद्युतको उपयोग मात्रहुने नभै देशको आर्थिक र सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने भएकोले विद्युत खपत बृद्धिको पूर्वाधार निर्माण, ग्रामिण विद्युतीकरण, कृषि, सिँचाइ र औद्योगिक वर्गका ग्राहकको महशुलमा पुनरावलोकन, विद्युतीय सवारी साधनको प्रयोग र विद्युतीय चुलोको उपयोग गर्न र जनचेतना अभिबृद्धि गर्ने समेतका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गरिने छ । विद्युत माग र खपत बृद्घसिँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएकोले सो कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने छ,’ घिसिङले भनेका छन् ।

क्षेत्रीय, उपक्षेत्रीय तथा छिमेकी राष्ट्रहरुसँग विद्युत खरिद बिक्री सम्झौताका माध्यमबाट विद्युत व्यापार गर्ने दिर्घकालिन लक्ष्यअनुरुप बुटवल-गोरखपुर ४००केभी अन्तर्देशीय प्रसारण लाइन र रातमाटे- केरुङ्ग ४००केभी प्रसारण लाइन निर्माण लाई अघि बढाउने प्राधिकरणको प्रतिवद्धता छ  ।

९९.८ मेगावाटको तामाकोशी पाचौं, ६३५ मेगावाटको दुधकोशी जलाशययुक्त, २१० मेगावाटको चैनपुर सेती, १०६० मेगावाटको अपर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन गरी यथाशिघ्र निर्माण गर्ने प्रकृया अघि बढाउने पनि घिसिङले बताएका छन् ।

सम्बत २०८० सालभित्र देशका सबै जनसंख्यामा विद्युतको पहुँच पुर्‍याउने नेपाल सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले आवश्यक कार्यहरु सञ्चालन गर्ने र देशका विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी शहर उज्यालो राख्न स्वचालित सडक बत्तिहरु जडान गर्ने कार्यलाई देशव्यापी रुपमा अगाडि बढाउने प्राधिकरणको लक्ष्य छ ।

‘रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रमा पाइलट प्रोजेक्टको रुपमा शुरु भएको स्मार्ट मिटर जडान कार्यलाई चालु आवमा काठमाडौं उपत्यकासहित बाहिरसमेत विस्तार गरिनेछ ,’ घिसिङले भनेका छन्,’ विद्युत प्राधिकरणको प्रसारण तथा वितरण प्रणालीमा रहेका अप्टिकल फाइवरको व्यावसायिक उपयोग गरिनेछ । शहरी सौन्दर्यतालाई कायम राख्दै वितरण प्रणालीलाई आधुनिकीकरण गर्न काठमाडौं उपत्यका, पोखरा, भरतपुर लगायत मुलुकका प्रमुख शहरहरुमा भूमिगत वितरण लाइन निर्माण गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment