+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सानिमा लाइफको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते ११:३७

१७ भदौ, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । सूचीकृत भएपश्चात आज शुक्रबारदेखि दोस्रो बजारमा सानिमा लाइफको शेयर कारोबार खुला हुँदैछ ।

कम्पनीको २ करोड कित्ता शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको थियो ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता रू. ३०९ मा खुला हुने बताएको छ ।

नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबार गर्न पहिलो कारोबारको लागि रू. १०३ दशमलव १७ देखि ३०९ दशमलव ५१ ओपन रेन्ज तोकेकोमा अन्तिम मूल्य रेन्जमा कारोबार भएको हो ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?