+
+

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : आयुष घलान पहिलो रोजाइमा खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १७:२५
फाइल तस्वीर

१७ भदौ, काठमाडौं । नेपाल-भारतबीचको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमको प्लेइङ सेट सार्वजनिक भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेरमा हुने खेलमा युवा मिडफिल्डर आयुष घलान पहिलो रोजाइमा परेका छन् ।

कुवेतमा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध डेब्यु गरेका आयुष पहिलो पटक पहिलो रोजाइमा खेल्न लागेका हुन् । यस्तै गोलकिपरमा कप्तान किरण चेम्जोङ छन् भने डिफेन्समा अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी र सुमन अर्याल छन् ।

मिडफिल्डमा पुजन उपरकोटी, सुमन लामा र तेज तामाङ छन् भने फरवार्ड लाइनमा आयुषसँगै नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?