+
+

टोकियो पारा ओलम्पिक : नेपालकी पलेशा पहिलो खेलमै पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते ८:२५
१८ भदौ, काठमाडौं । जापानमा भइरहेको टोकियो पारा ओलम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोबर्ध्दन पहिलो खेलमै पराजित भएकी छन् ।
शुक्रबार बिहान भएको पहिलो चरणको खेलमा उनी बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी हुन् ।
पदक आशा गरिएकी उनी सुरुमै बलियो प्रतिद्वन्दीसँग पर्दा पराजित भइन् ।
५८ केजी तौल समूह मुनिको खेलमा पलेशा बेथसँग २१-८ अन्तरले पराजित भइन् । पहिलो राउण्डमा पलेशा ६-२ र दोस्रो राउण्डमा ८-२ ले पछि परिन् ।
तेस्रो राउण्डमा केही सुधार गरेपनि ७-४ ले पछि परेपछि पलेशाले हार बेहोरिन् ।
पहिलो चरणमा हारेकी पलेशाले अब रिपेचका लागि प्रतिस्पर्धा गर्नेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?