+
+

एमाले जुम्लाका अध्यक्षसहित ५८ जना जिल्ला सदस्य एकीकृत समाजवादीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १९ गते १४:११

१९ भदौ, सुर्खेत । नेकपा (एमाले) जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये अध्यक्षसहित ५८ जना नेकपा (एकीकृत समाजवादी) मा लागेका छन् । शनिबार पत्रकार सम्मेलन गरी उनीहरूले एकीकृत समाजवादीमा लागेको घोषणा गरेका हुन् ।

एमालेका जुम्ला अध्यक्ष तीर्थ बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्री सहितका अन्य जिल्ला सदस्यहरूले एकीकृत समाजवादीमा गएको बताएका छन् ।

पत्रकार सम्मेलनमा कर्णाली प्रदेशसभा सांसद पदमबहादुर रोकायाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरस्कारले आफूहरु एकीकृत समाजवादीमा लाग्न बाध्य भएको बताए ।

एमाले जुम्लाका उपाध्यक्ष नन्दराम रोकायाको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनमा सहभागीले आफूहरु एमाले छाडेर एकीकृत समाजवादीमा लागेको घोषणा गरिएको छ ।

‘अध्यक्ष तीर्थबहादुर बुढा उपचारको क्रममा काठमाडौं हुनुहुन्छ, एकीकृत समाजवादीमा उहाँको पूर्ण समर्थन रहेको छ,’ पत्रकार सम्मेलनमा उपाध्यक्ष रोकायाले भने ।

अध्यक्ष बुढाले पनि अनलाइनखबरसँग टेलिफाेन कुराकानीमा आफू एकीकृत समाजवादीमा गएकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?