+
+

संखुवासभा सामूहिक हत्या : शव भोलिमात्र उठाइने

अनुसन्धान टोली पुग्न ढिलाइ

हरि अधिकारी हरि अधिकारी
२०७८ भदौ २१ गते १६:३३
सामूहिक हत्या भएको घरको तस्वीर ।

२१ भदौ, विराटनगर । सोमबार बिहान मृत भेटिएका सखुंवासभाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको शव मंगलबार मात्रै उठाइने भएको छ ।

सामूहिक हत्याको घटना अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको प्रहरी टोली पुग्न समय लागेपछि मंगलबार मात्रै शव उठाइने प्रहरी अधिकारीहरुले बताएका छन् ।

हत्या प्रकरणको अनुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि लगिएको छ ।

घटनास्थल विकट ठाउँमा भएकाले मंगलबार मात्रै शव उठाउन सकिने प्रदेश १ का प्रहरी प्रमुख डीआइजी अरुण बिसीले बताए । ‘तालिमप्राप्त कुकुरसहितको टोली यहाँबाट गएको छ,’ उनले भने, ‘घटनास्थल अलिक विकट भएकाले पुग्न समय लाग्छ ।’

घटनास्थल सुरक्षाका लागि सानो संख्यामा प्रहरी टोली भने पुगिसकेको छ । कुकुरसहितको टोली पुगेपछि मात्रै विस्तृत अनुसन्धान सुरु हुनेछ ।

सोमबार बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । ९३ वर्षीय वृद्ध बौद्धमान भने सकुशन छन् ।

वौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्की हत्या भएको हो ।

पार्वतीको शव घरभित्र भेटिएको छ । तेजबहादुरको शव घरदेखि करिब एक सय मिटर टाढा सडकमा भेटिएको छ । रञ्जना र कमलाको शव घर नजिकैको खोल्सामा भेटिएको छ । दीपेन र गोमाको शव घरदेखि माथि छ । घटनास्थलमा रहेका प्रहरी अधिकृतका अनुसार लखेटी लखेटी हत्या गरेको देखिन्छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?