+
+

संखुवासभा सामूहिक हत्याको अनुसन्धानमा सीआईबी पनि खटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १२:५९

२२ भदौ, काठमाडौं । संखुवासभामा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको छ । घटना रहस्यमय भएको भन्दै अनुसन्धानका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीआईबी टोली पनि पठाएका हुन् ।

सीआईबी स्रोतका अनुसार सीआईबीका एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा टोली संखुवासभा पठाइएको छ । टोलीले प्राविधिक विश्लेषण र अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय, संखुवासभालाई सहयोग गर्नेछ । घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय, धरानका एसपी भीम दाहाल पनि खटिएका छन् ।

प्रदेश नं.१ प्रहरी कार्यालयले रिजनल इन्भिेस्टिगेटिभ टिम (आरआईटी) पनि खटाएको छ । सोमबार बेलुकी डग स्निफिङ गरिसकेर प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान थालेको छ ।

सोमबार बिहान मादी नगरपालिका-१, उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । घटनामा आँखा कम देख्ने र कान कम सुन्ने ९३ वर्षीया बौद्धमान सकुशल छन् ।

हालसम्म अनुसन्धानमा प्रहरीले ठोस प्रगति हात पारिसकेको छैन । मृतक परिवारले झापामा जग्गा किन्नका लागि पैसा जम्मा गरेर घरमा राखेको आशंका गरिएको छ । त्यही पैसाका कारण घटना भएको हुनसक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?