+
+

काठमाडौंका सीडीओ फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १३:२५
काठमाडौंमा सरुवा भएर आएका सीडीओ गोविन्द रिजाल (बाँया) र सीडीओबाट सरुवा भएका कालीप्रसाद पराजुली ।

२२ भदौ, काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको सरुवा गरेको छ । प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो ।

उनको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको शाखा तोकिनेछ ।

पराजुलीसँग बालुवाटार र गृहमन्त्रालय रुष्ट थियो । हालै माधवकुमार नेपालले नयाँ पार्टी बनाउने प्रक्रियामा चन्द्रागिरी रिसोर्टमा केन्द्रीय सदस्यहरुको भेला राखेका थिए ।

सीडीओ पराजुलीले महामारीको वेला भिड जम्मा गरेको भन्दै रिसोर्टलाई स्पष्टिकरण सोधेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?