+
+

कांग्रेस महाधिवेशन : देउवाको गृहजिल्लामा २५ भदौमा वडा अधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १६:०४

२२ भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौमा वडा अधिवेशन हुने भएको छ । कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ मात्रै डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । सार्वजनिक भएको क्रियाशील सदस्यतालाई लिएर जिल्लामा विवाद भएपछि मंगलबार निर्वाचन अधिकृत र कांग्रेस जिल्ला कार्यसमितिबीच छलफल भएको हो । छलफलपछि निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले २५ भदौका लागि वडा अविधेशन तोकिएको बताए ।

‘क्रियाशील सदस्यता टुंगो लगाउन ढिलाइ भएका कारण १८ भदौमा हुन नसकेकाले केन्द्रीय निर्वाचन समितिको निर्देशन अनुसार वडा अधिवेशनको नयाँ मिति तोकिएको हो,’ उनले भने । निर्वाचन अधिृकत बमले बाँकी अधिवेशन कार्यतालिका अनुसार नै हुने जनाए ।

कांग्रेस जिल्ला कार्यसमितिले करिब ५ हजार आठ सयको क्रियाशील सदस्यता सूची पठाएकोमा केन्द्रले चार सय जनाको नाम हटाएको र तीन सयको नाम थप गरेको आरोप छ ।

करिब २० जिल्लाको क्रियाशील सदस्यता टुंगो नलाग्दा स्थानीय तहको अधिवेशन कार्यतालिका प्रभावित हुने आशंका बढेको छ । प्रदेश २ का आठवटै जिल्ला, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, कपिलवस्तु, बाँके, बर्दिया, मोरङ, कैलालीलगायत जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?