
२२ भदौ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैंकको सर्लाही मलंगवास्थित शाखाका सहायक कर्मचारी सन्तोषविक्रम शाहसहित तीनजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
लालबन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको आरोपमा शाहसहित तीनजनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
शाहले अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।
यस्तै भुक्तानी जमानत तयार पारेको आरोपमा लोकबीर बेताली/पाँच कुमारी जेभीका साझेदारहरु अनिल गुप्ता र शिवनन्दन पासवानविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
अख्तियारले उनीहरुविरुद्ध ४२ लाख रुपैयाँ विगो मागदावी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4