
२५ भदौ, काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगतार आठौं जितसहित अपराजित यात्रा कायमै राखेको छ ।
शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई २-० ले पराजित गरेको हो । नेमार र एभरटन रिवेइरोले पहिलो हाफमा गरेको गोल नै जितका लागि पर्याप्त बन्यो ।
रिवेइरोले खेलको १५औं मिनेटमा नेमारको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । नेमारले ४०औं मिनेटमा गोल गरेका थिए ।
लगातार आठौं जितपछि ब्राजिल २४ अंकसहित शीर्ष स्थानमै कायम छ । ९ खेल खेलेको पेरु ८ अंकसहित सातौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4