+

यु-२३ टिमको क्याम्पमा ४८ खेलाड

२०७८ भदौ  २७ गते ६:२५ २०७८ भदौ २७ गते ६:२५
यु-२३ टिमको क्याम्पमा ४८ खेलाड

काठमाडौं । नेपाली यु-२३ टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणका लागि ४८ खेलाडीलाई बोलाएका छन् ।

ताजिकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप छनोटटका लागि महर्जनले बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाएका हुन् । नेपाल रहेको समूह बी को छनोट आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।

क्याम्पमा बोलाइएको खेलाडीमा हाल राष्ट्रिय टिममा रहेका ७ खेलाडी पनि छन् ।

उनीहरु माल्दिभ्समा अक्टोबर १ देखि १६ सम्म हुने साफ च्याम्पियनसिप टिममा समावेश हुने एन्फाले जनाएको छ ।

नेपालको प्रशिक्षक सेप्टेम्बर १३ देखि सुरु हुनेछ ।

छनोटमा समूह बीमा नेपालसँगै इरान, लेबनान र ताजिकिस्तान छन् । नेपालले समूह चरणको पहिलो खेल इरानसँग खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोली एएफसी यु-२३ एसियन कपमा छनोट हुनेछन् । यस्तै दोस्रो हुने टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि यु-२३ एसियन कपमा स्थान बनाउनेछन् ।

एएफसी एसियन कपको अन्तिम चरण सन् २०२२ को जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा हुनेछ ।

एन्फा फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय