+
+

कुटपिट गरी हत्या आरोपमा गुल्मीबाट २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १८:४०
प्रतीकात्मक तस्वीर

२८ भदौ, गुल्मी । कुटपिट गरी हत्या गरेको आरोपमा गुल्मीबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । चन्द्रकोट–७ बतासेका ४८ वर्षीय शिवबहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा चन्द्रकोट–७ का २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका–३ का २१ वर्षीय हिमाल रहादीलाई प्रहरीले पक्राउ गरेको हो ।

भदौ २४ गते कुटपिटबाट गम्भीर घाइते भएका पुलामीको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको थियो । घाइतेको मृत्यु भएपछि फरार रहेका दुई जना आरोपीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

पक्राउ पर्नेमध्ये हिमबहादुर मृतकका भतिजो नाता पर्ने र रहादी ज्वाइँ नाता पर्ने रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?