+
+

धादिङको सिस्ने खोला क्षेत्रमा सवारी साधनको जाम

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते ७:००

३१ भदौ, काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको सिस्ने खोला क्षेत्रमा सवारी जाम भएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगादेखि टायलघरसम्मै सवारी साधनको लाइन छ ।

गएराति झ्याप्ले खोला नजिक एउटा गाडी बिग्रिएका कारण बाटोमा आज बिहानसम्म पनि सवारी साधनको प्रेसर भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । प्रहरीका अनुसार पहिरो गएर जाम भएको भने होइन ।

बिग्रिएको गाडी भने सडकबाट हटाइसकिएको र अहिले दुईतर्फी नै बाटो सन्चालन भएको प्रहरीको भनाइ छ । ‘तर कुनै–कुनै ठाउँमा लेन मिच्ने, ओभरटेक गर्ने गरिदिंदा प्रेसर भइरहेको छ,’ इलाका प्रहरी कार्यालय खानीखोलाका एक प्रहरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?