+
+

अदालतले फेरि रोक्यो समय् फल्चाको पुनर्निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते २१:०५

३१ भदौ, काठमाडौं । समय् फल्चाको पुनर्निर्माण फेरि रोकिएको छ । लामो समयको कानुनी लडाइँपछि गत भदौ २४मा शिलान्यास भएर निर्माण शुरु भएको फल्चाको पुनर्निर्माण बुधबारदेखि रोकिन पुगेको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार उच्च अदालत पाटनले अन्तरकालीन अन्तरिम आदेश दिँदै निर्माण रोकेको हो । फल्चा बन्दै गरेको स्थानभन्दा पछिल्लो भागमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा रहेको सटरमा पसल गर्ने व्यक्तिले आफूलाई असर गर्ने गरी काम भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

‘असोज ६ गतेका लागि पेसी तोकिएको छ, त्यसैले बुधबार दिउँसो २ बजेट पत्र प्राप्त हुनासाथ काम रोकेका छौं,’ मेयर महर्जनले भने,’ विगतमा उच्च अदालत आफैंले फल्चा निर्माणकै पक्षमा फैसला गरिसकेकाले अब नयाँ फैसला आउँदैन भन्नेमा हामी विश्वस्त छौं ।’

विसं २०२९मा भत्किएको फल्चा पुनर्निर्माण सुरु महानगरपालिका र स्थानीयबासीले २१ वर्ष कानुनी लडाइँ लड्नुपरेको छ । फल्चा भत्किएको ४९ वर्षपछि अघि बढाउन खोज्दा पनि फल्चा बनाउन रोक्ने प्रयत्न भइरहेको मेयर महर्जन बताउँछन् ।

गत भदौ १ गते जिल्ला अदालत, ललितपुरले पनि निर्माण रोक्न ‘अन्तरकालीन आदेश’ आएको थियो । अदालतले तथ्यलाई हेरेर भदौ २३ गते नै अदालतले अन्तरकालीन आदेश खारेज गरेर पुनर्निर्माणको लागि बाटो खोलिदिएको थियो ।

महानगरपालिकाकाअनुसार अशोक स्तुपसँगैको कित्ता नं. ३२७ मा पुनर्निर्माण गर्न खोजिएको समय् फल्चा २०६ वर्ष पुरानो ऐतिहासिक सम्पदा हो ।

निर्माणस्थलमा टाँसिएको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?