+
+

ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन रोकेको ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १९:४२
फाइल तस्वीर

१ असोज, काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु सरकारमा रहँदा एमसीसी अगाडि बढाउन खोजेको उनले बताए ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भने, ‘त्यो सम्झौता ठीक थियो भने अघिल्लो सरकारले यसलाई अगाडि बढाऔं भनेकै हो ।’ तर दलहरुले सडकमा आगो बालेको र केपी ओली तथा सरकारमा बसेकाहरुले गाली खानु परेको उनले बताए ।

उनले अघि भने, ‘यदि त्यो गलत थियो भने किन गर्नुभयो ? सम्झौता गर्दा तपाईंहरु नै सरकारमा हुनुहुन्थ्यो । यदि सही थियो भने पास हुनबाट किन रोक्नुभयो ?’

अहिले आएर सरकारले प्रतिपक्षको सहयोग खोजेको भन्दै उनले भने, ‘अगाडि बढाउने हो भने अगाडि बढाए हुन्छ, तपाईंहरुसँग १६५ मत छ । जे भन्नुपर्ला, प्रस्ताव आइसकेपछि हामी आफ्नो पोजिसन क्लियर गरौंला ।’

एमाले सचिव ज्ञवालीले संवेदनशील विषयलाई आन्तरिक राजनीतिको हतियार बनाउँदा देशकै विश्वसनीयतालाई कमजोर गराउने बताए ।

सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा लिएको, तर समस्या नै नभएको विषयमा छानबिन समिति बनाएर चीनसँग चिसोपन निम्त्याउन खोजेको उनको आरोप छ ।

एमाले सचिव ज्ञवालीले भने, ‘जहाँ समस्या छ, त्यहाँ समाधान नखोज्ने । जहाँ समस्या छैन, यहाँ एकतर्फी ढंगले पहिलै निष्कर्ष निकालेर जे गर्नुभएको छ, त्यसले दुई देशको सम्बन्धमा अनावश्यक चिसोपन निम्त्याउने काम गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?