+
+

उत्पीडित समुदायले संविधान अफ्नो नठानेसम्म संघर्ष जारी रहन्छ : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १२:२६

३ असोज, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उत्पीडनमा परेका समुदायले संविधान आफ्नो नठानेसम्‍म संघर्ष जारी रहने बताएका छन् ।

वीरगञ्ज घण्टाघरस्थित शहीद पार्कका ०६२-६३ र ०७२ सालको मधेस आन्दोलनमा ज्यान गुमाएका शहीदहरु तथा बाबा रामजनम तिवारीको प्रतिमामा माल्यार्पण गर्न पुगेका उनले सो कुरा बताएका हुन् ।

‘सबैको संविधान नभएसम्म, उत्पीडनमा रहेका समुदायले आफ्नो संविधान हो भनेर महशुस गर्दैनन, तबसम्म हाम्रो संघर्ष जारी रहन्छ ।’ उनले भने ‘ बाँकी अधिकारका लागि पार्टीले आन्दोलनमा नै छ ।’

प्राप्त भएका उपलब्धिको संस्थागत नभएसम्‍म जनता समाजवादी पार्टीले संविधान संशोधनको माग नछोड्ने उनको भनाइ छ ।

संविधान मार्फत प्राप्त भएका उपलब्धिको संस्थागत गर्दै बाँकी अधिकार प्राप्तिका लागि संघर्ष जारी रहेको उनको भनाई छ ।

उनले प्रहरी दमनको शिकार भई घाइते भएकाहरुलाई पनि आफूले नभुलेको बताए। यस्तै सांसद प्रदीप यादवले पनि शहीदहरुको प्रतिमामा माल्यार्पण गरेका थिए ।

असोज ३ गते संविधान जारी भएका दिन वीरगञ्जमा विरोध प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर शत्रुधन पटेलको मृत्यु भएको थियो भने बगहीका मन्सी पटेल र बैरियाविर्ताका विजय यादव घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?