+
+

म यसकारण एक साथ कैयौं प्रेमी र पार्टनर चाहन्छु

पूजा छाबरिया पूजा छाबरिया
२०७८ असोज ४ गते १४:४५

जीवनको आफ्नो सुरुवाती वर्षहरुबाट नै मुवुंबी नेडजालामाथि एकै व्यक्तिले धेरै जनासँग विवाह गरेको विषयमा प्रश्न उठाइरहेका थिए । उनीहरु सधैं आफ्नो बाबुआमासँग सोध्ने गर्थिन् कि के तपाईंहरु बाँकी जिन्दगी पनि एकैसाथ जिउन सक्नुहुन्छ ?

मुवुंबीले बीबीसीसँग भनिन् ‘मलाई लाग्थ्यो कि हाम्रो जीवनका हरेक पलहरु मौसम जसरी बदलिइरहने गथ्र्याे । तर मेरो समाज बदलिएन । मेरो आसपासको दुनियाँले केवल एक जनासँग सम्बन्ध राख्ने कुरामा जोड दिइरहेका थिए । सिनेमा हल होस् या चर्चमा पनि यही कुरा सिकाइयो । तर मैले यसलाई राम्रोसँग सम्झिन सकिरहेको थिइनँ ।’

अहिले मुवुंबी ३३ वर्षकी भइसकेकी छन् । उनको पहिचान यस्तो महिलाको छ, जसको एकभन्दा धेरैजनासँग सम्बन्ध छ र उनीहरु कुनैपनि सम्बन्धलाई बन्धन मान्दैनन् । यति मात्रै होइन, उनी दक्षिण अफ्रिकामा यस्तो समुदायको हितको लागि आवाज पनि उठाउँदै आएकी छिन् ।

उनी बताउँछिन् ‘अहिले मेरो एक मुख्य पार्टनर छन्, जसको साथ अहिले म जीवन गुजारा गरिरहेको छु । हाम्रो बच्चा पनि छ । मेरो अर्काे पार्टनर पनि छन् । हामी सबै एक आपसमा पर्याप्त खुसी पनि छौं । मेरो मुख्य पार्टनर विवाह गर्न चाहँदैनन्, तर म भविष्यमा यस्तो विवाहको कल्पना गर्छु, जसमा एक साथ एकभन्दा धेरै जनासँग विवाह गर्न सकुँ । म जोकोहीसँग पनि आकर्षित हुन्छु, चाहे उनीहरु जुनसुकै लिंगका हुन् ।

एक महिलाको एकभन्दा धेरै पति ?

दक्षिण अफ्रिकाको संविधान संसारकै सबैभन्दा उदारवादी संविधान मानिन्छ । यहाँ समलैंङ्गिक विवाहका अलावा पुरुषलाई एकभन्दा धेरै पत्नी राख्ने अनुमति छ । देशमा अहिले विवाह सम्बन्धी कानुनलाई परिमार्जन गर्नुपर्ने माग बढिरहेको छ । यस्तो अवस्थामा महिलालाई पनि एकभन्दा धेरै पति राख्ने अनुमति मिल्न सक्छ । यसको माग पनि भइरहेको छ । यद्यपि देशको कन्जरभेटिभ समाज भने यसको विरोधमा उत्रिएको छ ।

चार जना पत्नी राख्ने व्यवसायी मुसा मस्लेकेउ भन्छन् ‘यसबाट हाम्रो अफ्रिकी संस्कृतिमा धेरै नोक्सानी हुन्छ । यसरी बहुपति प्रथामा जाँदा उनीहरुबाट जन्मिएका बच्चाको के हुन्छ हालत ? उनीहरु आफ्नो परिचय कसरी बताउँछन् । महिलाहरुले पुरुषको ठाउँ लिन सक्दैनन् । के अब महिलाले पुरुषलाई लोबोला (दाइजो) दिन्छन् ? के पुरुष अब पत्नीको थर राखेर बस्छन् ?

त्यस्तै, विपक्षी पार्टी क्रिश्चियन डेमोक्रेटिक पार्टीका नेता रेवरेन्ड केनेथ मेशोए भन्छन् ‘यसले समाज नष्ट हुन्छ ।’ मेशोए भन्छन् ‘एक समय आउँछ जब एक पुरुष भन्छन् कि तिमी धेरै समय अर्काे पुरुषसँग बिताउँछौ । मेरो साथमा कम समय बिताउँछौ । यसबाट दुई पुरुषबीच संघर्ष सुरु हुन्छ ।’

मान्छेको आस्था डगमगाउँछ

मुवुंबीले भने अनुसार बहुपत्नी सम्बन्धमा महिलाहरुको लागि यो एक महत्वपूर्ण क्षण हो । उनी भन्छिन् ‘अहिलेको स्थिति तनावपूर्ण छ । धेरै मानिसको मान्यतालाई डगमगाउने कुरा भइरहेको छ । पुरुष अहिलेसम्म कैयौं पुस्तादेखि खुलेआम बहुविवाह गर्दै आएका छन् । तर महिलाहरुलाई यसको लागि लज्जा हुनुपर्छ भनिएको छ । महिलाहरुले यसको लागि धेरै कुरा मिलाउनुपर्छ ।

मुवंबी खुला तरिकाले पछिल्लो १० वर्षदेखि एकसाथ कैयौं सम्बन्धमा रहँदै आएकी छन् । यस्तो अवस्थामा उनलाई समुदायले अर्कै तरिकाले बोलाउने गरेको थियो ।

अहिलेको समयमा मुवंबीको दुई जना पतिहरु छन् – एक एंकर पार्टनर जसको साथ उनले सम्बन्ध जोडेकी थिइन् । उनीहरु एकै ठाउँमा बस्छन् पनि । जबकि मुवुंबीको दुई जनासँग सम्बन्ध छ । दुवैसँगको सम्बन्ध रोमान्टिक छ, तर दुवैसँग थोरै भेटघाट हुन्छ ।

मुवंबीलाई पहिलेपहिले आफ्नो परिवारसँग यस विषयमा कुरा गर्न संशय थियो । तर पाँच वर्ष पहिले उनको एंकर साथी मजू म्यामेकेला न्हलाबत्सीसँग उनको प्रेम बस्यो र सम्बन्ध गाढा हुँदै गयो । उनीहरुले आफ्नो सम्बन्धको बारेमा सबैलाई बताउने निर्णय गरे ।

उनी भन्छिन् ‘एउटा त्यस्तो समय पनि थियो, जब हाम्री छोरी पाँच वर्षकी थिइन् र म यस क्षेत्रमा सक्रिय थिएँ । म बहुविवाहको लागि प्रचार गर्दै स्थानीय टेलिभिजनमा आएँ । म चाहन्न थिएँ कि उनले अर्काे कुनै स्रोतबाट मेरो बारेमा थाहा नपाऊन् ।

मुवुंबीलाई उनीहरुबाट केही हदसम्म स्वीकृति मिल्यो । तर अघि लामो बाटो बाँकी थियो ।

मुवुंबी अहिले आफ्नो विवाह छिनेको बेलाको कुरा सम्झिन्छिन् । उनको एंकर साथीले उनको परिवारसँग दाइजो मागेका थिए । मुवुंबी भन्छिन् ‘मेरो परिवारले सोधेका थिए कि यदि हाम्री छोरीको ठाउँमा अरु कसैले आएर दाइजो दिन्छन् भने त्यो स्वीकार गर्नुहुन्छ ? मैले उनीसँग भनेँ यस्तो हुन सक्छ । मलाई आफ्नो सोच र सच्चाइको साथमा रहनु थियो । भलै उनलाई राम्रो लागोस् या नलागोस् ।’

पितृसत्तामाथिको सवाल

दक्षिण अफ्रिकाको लैङ्गिक अभियान्ता तथा महिलाहरु आफ्नो चाहनाको विकल्प छान्न सक्ने भन्दै बहुपति प्रथाको बारेमा वकालत गर्ने गरेका छन् । किनकि अहिलेको व्यवस्थामा केवल पुरुषहरुले एक साथ एकभन्दा धेरै पत्नी राख्न सक्छन् । उनीहरुको प्रस्तावलाई उक्त दस्तावेजमा समेटेका छन् । जसलाई १९९४ पछि पहिलो पटक विवाह सम्बन्धी कानुनमा बदलावको लागि सरकारले जारी गरेको थियो । ताकि मान्छे आफ्नो राय व्यक्त गर्न सकियोस् । दस्तावेजमा मुस्लिम हिन्दु, यहूदी र रस्ताफेरियन विवाहलाई कानुनी मान्यता दिनको लागि समेत प्रस्ताव छ । जुन अहिले अमान्य मान्ने गरिन्छ ।

यो एक अलग लडाइँ हो

मुवुंबी याद गर्दै भन्छिन् ‘कैयौं पुरुषहरु दाबी गर्छन् कि उनी मसँग रहुन्ज्याल ठीक थिइन्, तर पछि ठीक भइनन् । जहाँसम्म मेरो सवाल छ, यस्तो होइन कि म धेरैभन्दा धेरै पत्नी राख्ने कोसिस गरिरहेको छैन । दक्षिण अफ्रिकामा बहुपति प्रथामा जोडिनको लागि उनले दुवै पतिसँग अनलाइन कम्युनिटीमा जोडिइन् । अहिले त्यहाँ चलिरहेको वहसलाई लिएर मुवुंबी दम्पती मिलेर ओपन लभ अफ्रिका नामबाट प्लेटफार्म बनाउँदै छन् । मुवंबीका अनुसार उनको कोसिस एक समयमा नैतिक रुपले एकभन्दा धेरै मान्छेसँग सम्बन्धको प्रचार गर्ने खालको हुन्छ ।

बीबीसीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?