+
+

नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी क्षेत्रीलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते ९:१२

६ असोज, काठमाडौं । राजन पोखरेलले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदबाट राजीनामा दिएपछि राजकुमार क्षेत्री निमित्त महानिर्देशक बनेका छन् ।

१२ औं तहका क्षेत्री प्राधिकरणमा उपमहानिर्देशक थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बरिष्ठताको आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिएको क्षेत्रीले बताए ।

अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए ।

राजकुमार क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उनी २०७४ माघदेखि २०७६ असोजसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक पदमा कार्यरत थिए । उनीसँग एएनएस डिपार्टमेन्ट, इन्जिनियरिङ निर्देशनालय लगायतमा काम गरेको अनुभव पनि छ ।

त्रिभुवन विमानस्थलमा रहँदा राम्रो काम गरेको भन्दै विभिन्न संस्थाहरुले उनलाई सम्मानसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?