+
+

अमेजनले लगायो ६०० चाइनिज ब्राण्डमाथि प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते ९:०६

विश्वको सबैभन्दा ठूलो इ कमर्श प्लाटर्फम अमेजनले ६ ०० वटा चिनियाँ ब्राण्डका सामानहरुमाथि प्रतिबन्ध लगाएको छ । अमेजनको नियम उल्लंघन गरेको आरोपमा ती चिनियाँ ब्राण्डमाथि कम्पनीले स्थायी प्रतिबन्ध लगाएको हो ।

द भर्जमा प्रकाशित समाचार अनुसार अमेजनको रिभ्यू पोलिसी अर्थात् समीक्षा नीतिलाई तोडमोड गरेको भन्दै अमेजनले यस्तो कदम चालेको हो ।

द वालस्ट्रिट जर्नलका अनुसार ती चिनियाँ ब्राण्डहरुले आफ्ना ग्राहकहरुलाई उनीहरुको सामानका बारेमा राम्रो राम्रो टिप्पणी गर्न उक्साएर त्यसको बदलामा अमेजनको गिफ्ट कार्ड उपहार दिने गरेका थिए ।

त्यसरी आफ्ना प्रडक्टमा झुटा रिभ्यू लेखाएर अन्य ग्राहकहरुलाई गुमराहमा राख्ने चिनिया ब्राण्डहरुको कार्य अक्षम्य रहेको हुनाले कारबाही गरिएको अमेजनले जनाएको छ ।
आफ्नो नीतिको उल्लंघन गर्ने जो कोहीमाथि प्रतिबन्ध लगाइने र आवश्यक परेमा कानूनी कारवाहीमा समेत जाने अमेजनले जनाएको छ ।

६०० वटा चिनियाँ ब्राण्डमाथि प्रतिबन्ध लगाउने पछिल्लो कदम चीनको विरुद्धमा नभएको प्रष्ट पार्दै अमेजनले संसारभर नै आफूले यस्तो नीति लागू गरिरहेको र गलत गर्ने जो कोही ब्राण्डलाई सजायँ दिने बताएको छ ।

अमेजनको प्रतिबन्ध खेप्न पुगेका सबै ६०० वटा ब्राण्डको नाम सार्वजनिक गरिएको छैन । तीमध्ये केही चर्चित नाम चाहिं Aukey Mpow, RavPower तथा VAVA हुन् ।

चिनियाँ पत्रिका साउथ चाइना मर्निङ पोस्टले प्रकाशित गरेको समाचार अनुसार अमेजनको प्रतिबन्ध पछि धेरै चिनियाँ कम्पनीहरुले अब इबे तथा अली एक्सप्रेस लगायतका अन्य इ कमर्श प्लाटर्फममा लगानी गर्नेछन् ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?