+
+

छोरी बलात्कारका आरोपी ५ लाख धरौटीमा रिहा

हरि अधिकारी हरि अधिकारी
२०७८ असोज ७ गते १३:१९

७ असोज, विराटनगर । छोरी बलात्कारको आरोप लागेका पुरुषलाई जिल्ला अदालत मोरङले पाँच लाख रुपैयाँ धरौटीमा छाडेको छ । न्यायाधीश तेजेन्द्रबहादुर खड्काको इजलासले १४ वर्षीया छोरी बलात्कारको आरोप लागेका बेलबारीका ५१ वर्षीय पुरुष धरौटीमा छाड्न आदेश दिएको हो ।

गत माघ २० गते राति बलात्कार भएको भन्दै भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी परेको थियो । अदालतले पीडित किशोरीको मेडिकल रिपोर्ट, आरोपी र आरोपीकी आमाको बयानका आधारमा अभियुक्तलाई धरौटीमा छाडेको हो ।

पीडित बालिकाकी आमाका अनुसार छोरा नागरिकता बनाउन र छोरी जन्मदर्ता लिनका लागि घरमा गएका थिए । जिल्ला अदालतमा पीडितका आमा–बुबाबीच अंश र सम्बन्ध विच्छेदको मुद्दा छ ।

आरोपीको बयान: घटना भएको छैन

बालिकाले दिएको जाहेरीमा माघ २० गते राति हजुरआमासँग सुतेका बेला ओछ्यानबाट उठाएर स्टोर कोठामा लगेर बुबाले करणी गरेको उल्लेख छ । तर आरोपीले माघ २० गते राति छोरी घरमा नभएको र आफू पनि काममा गएको दाबी गरेका छन् । हजुरआमाले पनि २० गते नातिनी आफू सँगै नसुतेको वयान दिएकी छन् ।

आरोपीले बयानमा अदालतमा रहेको सम्बन्ध विच्छेद र अंश फिर्ताको मुद्दालाई प्रभावित पर्न बलात्कारको मुद्दा हालेको दाबी गरिएको छ । दुईवटी श्रीमतीलाई अंशबड्डा गरेर आफू कान्छी श्रीमतीसँग बसेको भएपनि विदेशमा भएका बेला श्रीमतीले घर छाडेर हिडेपछि अंश फिर्ती र सम्बन्ध बिच्चेदको मुद्दा हालेको उनले उल्लेख गरेका छन् । अदालतले अंश दुई छोरा छोरीको नाममा गर्न यसअघि नै आदेश दिएको थियो ।

उच्च अदालतमा जान अलमल

जिल्ला सरकारी वकिलको कार्यालय मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिश पोखरेलका अनुसार अदालतको आदेशपछि पुनरालोकन निवेदनका लागि उच्चमा जाने वा नजाने भन्ने विषयमा अलमल छ ।

मुद्दामा प्रमाण कमजोर भएका कारण उच्चमा जाने नजाने भन्ने अन्योल भएको हो । माघमा घटना भएको र भदौ ४ गते उजुरी गरेका कारण मेडिकल रिपोर्टले पनि बलात्कार पुष्टि हुने स्पष्ट आधार नदेखिएको बताए । रिपोर्टमा यौनाङ्गमा सामान्य असर भने देखिएको उनले बताए ।

सरकारी वकिलको कार्यालय स्रोतका अनुसार आमा बुबाबीच विवाद भएको र विगतमा पनि अंश मुद्दा चलिरहेका कारण प्रभावकारी अनुसन्धान भएको देखिँदैन ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?