+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एन्टिजेन परीक्षणकै २५ सय शुल्क लिने सुमेरु हस्पिटल कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १६:१८

१० असोज, काठमाडौं । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने ललितपुरस्थित एक निजी अस्पताललाई कारबाही गरिएको छ ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग बढी शुल्क लिएको पाइएपछि २० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

सहायक प्रजिअ बस्नेतले अनलाइनखबरसँग भने, ‘सेवाग्राहीको उजुरीको आधारमा संयुक्त बजार अनुगमन टोली आज अस्पताल पुगेको थियो । अनुगमनको क्रममा अस्पतालले एन्टिजेन परीक्षणको शुल्क २ हजार ५ रुपैयाँ सयसम्म लिएको पाइयो । बिरामीसँग बढी पैसा लिएको पाइएपछि अस्पताललाई कारबाही गरेका हौं ।’

आइन्दा तोकिएको दररेटभन्दा बढी शुल्क नलिने शर्तमा अस्पताललाई एक पटकका लागि चेतावनी दिएर छाडिएको उनले बताए ।

बस्नेतका अनुसार एन्टिजेन परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकिएको छ । तर अस्पतालले एन्टिजेन परीक्षण गर्न आउने बिरामीसँग २ हजार ५ सय रुपैयाँ लिएको प्रमाण भेटिएपछि कारबाही गरेका हौं ।

अनुगमनको क्रममा व्यवसाय दर्ता नवीकरण नगर्ने र मूल्य सूची नराख्ने लभिमलमा रहेका डल्ले रेष्टुरेन्ट प्रालिलाई १० हजार, रोड हाउस पिज्जालाई १० हजार र लेभल ३ टेरेसा प्रालिलाई ५ हजार जरिवाना गरिएको बस्नेतले बताए ।

सहायक प्रजिअ बस्नेतको नेतृत्वमा रहेको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत भूमिका ओझा, उपभोक्ता मञ्चका ध्रुवलाल तण्डुकार, उद्योग वाणिज्य संघका गीता न्यापाने, महानगरीय प्रहरी परीसरका प्रहरी निरीक्षक मधुसुदन विक, ललितपुर महानगरपालिकाका विजय खडका लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?