१२ असोज, बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सैनामैना-५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । उनीहरु आमा-छोरा हुन् ।
सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ना८ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4