
काठमाडौं । नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट सहयोग प्राप्त हुने भएको छ । पुष्पतारा केडिया सेवा फाउण्डेशन र वृज सिमेन्ट ईप्रालिले महासंघको भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट उपलब्ध गराउने विषयमा सम्झौता भएको वृज सिमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुधबार आयोजित एक कार्यक्रमका बीच वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका चितवन एरियाका सेल्स म्यानेजर लक्ष्मी प्रसाद गुप्ता, वृज सिमेन्ट चितवनका आधिकारिक बिक्रेता उत्सव इन्टरप्राइजेजका प्रोपाइटर सिरिस पन्त र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायाण अधिकारी, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवाली बीच भवन निर्माणका लागि आवश्यक सिमेन्ट उपलब्ध गराउने विषयमा सहमति भएको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष अधिकारीले भवन निर्माणका लागि सिमेन्ट सहयोग गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा वृज सिमेन्टसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
महासंघ चितवनका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक ज्ञवालीले पत्रकारहरुको हकहितका लागि स्थापना भएको महासंघलाई फाउण्डेशन र वृज सिमेन्टले प्रदान गरेको सहयोग अतुलनीय रहेको बताए ।
नेपाल पत्रकार महासंघ चितवन शाखासँग सहकार्य गर्न पाएकोमा खुसी महसुस भएको भन्दै वृज सिमेन्टले आगामी दिनमा पनि एकअर्काबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजाने बताएको छ ।
फाउन्डेशनले विभिन्न सामाजिक संघ संस्थालगायत विभिन्न क्षेत्रहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परियोजनाहरुलाई सहायता प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4