+
+

क्रिकेट संघका उपाध्यक्ष र सचिवले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १७:३६
क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेल ।

१३ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।

दुवै जनाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरे । धेरैलाई अकस्मात लागेपनि दुवै जनाले क्यान छाड्ने सही समय आएकोले राजीनामा दिएको बताए ।

‘सही समय भएको जस्तो लागेको छ । अब छाड्ने बेला भयो’ उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलको एउटै भनाइ थियो । क्यानको वरियता क्रममा श्रेष्ठ दोस्रो र प्याकुरेल तेस्रो स्थानमा छन् । उनीहरु दुबैजनाको अध्यक्ष चतुरबहादुर चन्दसंग अहसमति थियो ।

सचिव प्याकुरेलले क्यानको अस्तित्व नै संकटमा रहेका बेला आफूहरुले संस्थालाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गर्दै अब नयाँ नेतृत्व तयार गर्ने बेला भएकाले राजीनामा दिएको बताए । ‘अब नयाँ नेतृत्वलाई ग्रुम गर्दै उनीहरुलाई अवसर दिनुपर्ने बेला आएको छ’ प्याकुरेलले भने ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले क्यानको सदस्यता निलम्बन फुकुवा गरेकै दिन नेतृत्वबाट हट्नुपर्छ भन्ने लागेको तर समय अझै परिपक्व भएको छैन भनेर त्यतिबेला राजीनामा नदिएको सचिव प्याकुरेलले बताए ।

‘हामीले क्यानको विकल्प क्यान नै हो भनेर स्थापित गर्न ठूलो भुमिका खेल्यौं । हामीले त्यसका लागि धेरै लडाई लड्यौं । आज त्यो मुद्दा स्थापित भएको छ । यो उपलब्धिमा हामी गौरवान्वित छौं । यसै गौरवको क्षणमा अब नयाँ नेतृत्वलाई अवसर दिनका लागि हामी पछि हट्ने निर्णय गरेका छौं’ उनले भने ।

प्याकुरेलले क्यान अहिले सही बाटोमा रहेको पनि दावी गरे । ‘अब कसैले क्यानमाथि हस्तक्षेप गर्न सक्ने छैन । (राष्ट्रिय खेलकुद) परिषद र आईसीसीले पनि सक्दैन । अब नयाँ नेतृत्वलाई अवसर दिनुपर्छ भनेर हामीले क्यानबाट अगल हुने निर्णय गरेका छौं । यसले जसरी पनि पदमा टाँसिएर बस्नुपर्छ भन्ने मान्यताको अन्त्य भएको छ’ उनले भने ।

राजीनामाको बारेमा क्यान अध्यक्ष चन्दलाई वा क्यानमा कसैलाई पनि जानकारी नगराई पत्रकार सम्मेलन गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?